
महोत्तरी- महोत्तरीको सम्सीमा पोखरीमा डुबेर एक बालककाे मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार आज विहिवार सम्सी गाउँपालिका १ पर्सा स्थित पोखरीमा डुबेर स्थानीय भना साह तेलीको १२ वर्षीय छोरा हिरा साह तेलीको मृत्यु भएको हो ।
बालक पोखरीमा नुहाउने क्रममा गहिरो स्थानमा पुग्दा डुबेको हुन सक्ने अनुमान गरिएको छ । पोखरीमा बालक डुबेको खबर प्राप्त हुना साथ तत्काल प्रहरी चौकि सम्सी र ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी टोलि खटि गई प्रारम्भिक मुचुल्का उठाइ शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।