जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डा बारे टुंगो लागि सकेको बताएका छन् ।
उनले सिटको भाग कसलाई कति भन्ने विषयमा सहमती भइसकेको र पर्सी सम्म कुन क्षेत्र कसको भन्ने पनि तय भई सक्ने बताए।
जनकपुरधाममा पार्टीको मधेश प्रदेश कमिटिले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले गठबन्धनमा सिट संख्याको टुंगो लगाएर कार्यदलले काम गरिरहेको र पर्सी सम्म कुन पार्टीको कुन क्षेत्र भन्ने विषयको पनि टुङ्गो लाग्ने जानकारी दिए ।
अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको छौं ।’
उनले नागरिकता विद्येयकको सन्दर्भमा संविधान अनुसार राष्ट्पतिले दोस्रो पटक समेत प्रमाणीकरण नगर्ने बारे व्यवस्था नरहेको र राष्ट्रपतीलाई सो अधिकार समेत नरहेका जिकिर गरे ।
अध्यक्ष प्रचण्डले भने, ‘यदि अब पनि राष्ट्रपतीले प्रमाणीकरण गर्नु हुन्न भने बिकल्पमा सो विषय अदालतमा गएर निश्कर्षमा पुग्ने अर्को बाटो अपनाइने छ।’




