
औरही,महोत्तरी- जसपा ठाकुर समुहले ‘जसपा लोकतान्त्रिक पार्टी’गठन गरेको खुसीमा महोत्तरीको औरही नगरपालिकाका दीप प्रज्वल गरी खुसहाली मनाइएको छ ।

औरहीका स्थानीय नेता कार्यकर्ताहरुले जसपा लोकतान्त्रिक पार्टीका कार्यकारणी सदस्य शरतसिंह भण्डारीको क्षेत्र २ स्थित प्रसिद्ध सोनामाई मन्दिरमा दिप प्रज्वलन गरि खुसी मनाएका हुन ।
लोकतान्त्रिक शक्तिहरु एक भएर जसपा लोकतान्त्रिकलाई मधेश र देशको हितमा सार्थक सावित गर्नुपर्ने लक्ष्य सहित खुसियाली मनाइएको जसपा लोकतान्त्रिक पार्टीका युवा नेता दरेश यादवले बताए ।
नेता यादवले जसपा लोकतान्त्रिक पार्टी मधेश र देशको जनजनमा पुग्ने दावी गरे । लोकतन्त्रवादी शक्तिहरु एकजुट भएर अव साइकल छापका साथ पार्टीलाई अगाडि बढाइने उनीहरुको धारणा यो पनि जोडेका छन् ।
कार्यक्रममा औरही नगरपालिकाका नगर संयोजक शंकर यावद,औरही नगरपालिकाका वडा १ का अध्यक्ष राजकिशोर चौधरी,वडा ८ का अध्यक्ष नवलकिशोर चौधरी,नेता कार्यक्रता महिलाहरुले सहितको उपस्थिती थियो ।