वर्दिवास- महाेत्तरीका वरिष्ट पत्रकार, बर्दिवास नगर पत्रकार संजाल महोत्तरीका सदस्य तथा नेपाल पत्रकार महासंघ महाेत्तरी शाखाबाट केन्द्रीय परिषद सदस्य गाेपाल बरालका जेठा छाेरा बासु शशी शर्मा (बराल) काे 'एपिण्डिस' काे शल्यकृया बर्दिबास-१४ स्थित शुभस्वस्तिक हस्पिटल प्रा.लि.ले गत मङ्गलबार (८ भदाै २०७८) का दिन गर्दा गम्भीर लापर्वाही भएको घटना खुलेकाे छ ।
शल्यक्रिया गर्दा सिउनु/ बाँध्नु पर्ने आन्द्रा समुचित तवरले व्यवस्थित नगरिदा बिरामीकाे अवस्था नाजुक भई यहाँ (बर्दिबास) बाट धुलीखेल अस्पताल लगी गत बिहीबार (१० भदाै) देखि बासुकाे उपचारमा लैजादा स्वास्थ्यकर्मीहरुबाट नै गम्भीर त्रुटी भएको बुझिएको छ । धुलीखेलमा दाेश्राे शल्यक्रिया पछि बासुकाे स्वास्थ्यमा क्रमिक सुधार भई रहेकाे खबर पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।
स्वास्थ्यजस्ताे सम्वेदनशील क्षेत्रमा शुभस्वस्तिक हस्पिटलले देखाएकाे उदासिनता, शल्यक्रियाकाे क्रममा भएको लापरवाही र त्यस यता हस्पिटल व्यवस्थापनले देखाएकाे वेवास्ताप्रति वर्दिवास नगरपत्रकार संजालकाे गम्भीर ध्यानाकर्षण भएको भनि विज्ञप्ती प्रकाशित गरि जनाएको छ।
विज्ञप्तीमा स्वास्थ्य जस्तो गम्भीर विषयमा संस्था जिम्मेवारी भइदिन र स्थानीय सरकारले समेत स्वास्थ्य संस्थाहरूलाई जिम्मेवार बनाउन नियमित अनुगमन तथा आवश्यक निर्देशनकाे लागि समेत ध्यानाकृष्ट गराएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा मार्फत सबै आम जनताले सुरक्षित तवरले उपचार पाउनुपर्ने सुनिश्चितता गर्न संजालले सबै सम्बन्धित पक्षमा अनुरोध गर्दै बासु बरालको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ । साथै उपचारमा भएको यस्ता गम्भीर प्रकृतिको लापरबाही घटनाको सम्बन्धित निकायबाट छानबिन गरि दोषी उपर कारवाहीको माग समेत गरेकाे छ ।