
जनकपुरधाम- राष्ट्रिय युवा परिषदले प्रदेश र संघीय तहमा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न गरि सात ओटै प्रदेश संजालको टुङ्गो लगाइसके पछि सोमवार बसेको भरचुअल बैठक बाट अभिषेक तिवरीको अध्यक्षतामा संघीय संजाल पनि टुङ्गो लगाएको छ ।
नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको परिषदले सबै प्रदेशका प्रदेश इन्चार्ज पनि चयन गरेको छ ।
[caption id="attachment_3247" align="aligncenter" width="623"]
यसै बीच महिलालाई नेतृत्व गर्दै प्रदेश २ मा महोत्तरी की पुजा साह चयन भएकी छिन् । नवगठित इन्चार्ज साह परिसदको उद्देश्य बमोजिम प्रदेशका ८ ओटै जिल्लामा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी उद्यमशिलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागीता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जन लगायत विषयमा केन्द्रित रहि प्रदेश, जिल्ला र विभिन्न पालिकाहरुसँग समन्वय गरि कार्यक्रम गर्न र युवा परिचालनमा विशेष सहजिकरण गर्न आफू प्रतिबद्द रहेकी जानकारी दिइन् ।
राष्ट्रिय युवा परिषद ऐन २०७२ अनुसार प्रदेश इन्चार्जको कार्यकाल २ वर्षको हुने ब्यब्स्था छ। संघीय युवा संजालका सदस्य तथा पुर्व प्रदेश इन्चार्ज रक्की प्रसाद साहले आफ्नो कार्यकाल उपलब्धी मुलक रहेको र अझै पनि संजाललाई साथ र सहयोग रहिरहने प्रतिबद्धता साथ नवनिर्वाचित इन्चार्ज साहलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।