
जनकपुरधाम - प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्। बिहीबार दिउँसो जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर १० जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।
एकजना सांसद डिल्ली उप्रेती भने दिल्लीमा उपचारमा रहेकाले पत्रमार्फत सनाखत गरेका हुन्। सनाखत गर्नेहरूमा सत्रुध्न महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन्।
क्यान्सर पीडित रहेका उप्रेतीले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रमार्फत सनाखत गराएका हुन्। माधव नेपाल पक्षका अन्य सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ काठमाडौंमा रहेकाले भोलि वा पर्सि सम्म सनाखत गर्ने प्रदेश सांसद महतोले बताए।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन्। अब एमालेमा १० जना सांसद रहेका छन्।