
जनकपुर। मोटरसाइकलको ठक्करबाट छाडा गाईको मृत्यू भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडी मंगलबार राति नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएपछि गाईको घटनास्थलमै मृत्यू भएको हो । ठक्कर दिने मोटरसाइकल चालक र पछाडीमा सवार दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सबैला नगरपालिका १२ रघुनाथपुरका १८ वर्षीय इस्तियाक राईन र दिपेश यादव रहेका छन् । उनी दुबै जनालाई प्रहरीले रेल्वे स्टेसन प्रहरी चोकीमा राखेको बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणमा ध्यान नदिँदा दुर्घटना भएको छ ।