जनकपुरधाम। मधेश प्रदेशमा कोरोना संक्रमितको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।
नयाँ कोरोना संक्रमण दर घटेपछि मधेसका तीन जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या शून्यमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।



सप्तरी, सर्लाही र रौतहटमा कोरोना सक्रिय संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए।
मधेशमा हाल १४३ जना कोरोनाको सक्रिय संक्रमित रहेकोमा पर्सामा सबैभन्दा बढी ७५ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै धनुषामा ३५, बारामा २८, महोत्तरीमा ४ र सिरहामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशका सबै संक्रमित होम आइसोलेशनमै रहेको निर्देशनालयले जनाएको छ।
मधेशमा हालसम्म ४१ हजार ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ४० हजार १९२ जना निको भएका छन् भने एक हजार ६२ जना संक्रमितको मृत्यु भएको छ ।




