
महोत्तरी - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुर द्धारा गठित मानव अधिकार समुह गौशाला महोत्तरीले गौशाला नगरपालिकाका मेयर शिवनाथ महत्तोलाई भदौ २४ गते ध्यानाकर्षण पत्र बुझाएका छन् ।
समुहका अध्यक्ष विन्देश्वर साहको नेतृत्व तथा इन्सेक महोत्तरीका सहजकर्ता सिता के.सीको सहजिकरणमा समुहले नगरमा पहिचान भएका विभिन्न समस्याको समाधान हुनुपर्ने भन्दै सामुहिक ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
गत भाद्र २१ गते समस्या पहिचान तथा सरोकारवालानिकायको पहिचान र कार्ययोजना निर्माणका लागि निगरानी समुहको वैठकबाट पहिचान भएका समस्याबारे मेयरलाई ध्यानाकर्षण गराएको समुहका अध्यक्ष साहले जानकारी दिनु भयो ।
नगरमा रहेका शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धि समस्याबारे प्रत्येक ३/३ महिनामा समुहको वैठक बस्ने गरेको र नगरमा व्याप्त विभिन्न समस्याबारे छलफल गर्ने गरेको उँहाले बताउनु भयो ।

ध्याकर्षण पत्रमा कोभिड को खोप वितरणमा असमानता, विगत २ वर्ष भन्दा अघि देखि शुरु गरेको गौशाला वडा न.४,६, र १२ मा अधुरो रहेको मुसहरवस्तीको भवन निमाणर्कार्य यथाशिर्घ हुनुुपर्ने, वडामा नागरिकताविहिन जेष्ठ नागरिकहरुको वडाको सिफारिसमा परिचय पत्रको व्यवस्था गरि कोभिडको खोप लगाई दिनुपर्ने तथा नागरिकताविहिन भन्दैमा सरकारद्धार प्रदान गरिने सेवा सुविधाबाट र स्वास्थ्य अधिकार तथा बाँच्न पाउने अधिकार बन्चित गर्न नपाईने उल्लेख गरिएको छ ।