
ढल्केवर (धनुषा)
धनुषाको ढल्केवरमा १५६ औं मोती जयन्तीको अवसरमा गजल तथा कवि गोष्ठी भएको छ । मिथिला साहित्य प्रतिष्ठान ढल्केवरको आयोजनामा भएको गजल तथा कवि गोष्ठीमा सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा र धनुषाका गरि २५ जनाभन्दा बढी साहित्यकारले गजल तथा कविता वाचन गर्नुभएको थियो ।
मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष बिपिराज दाहालको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोको प्रमुख आथित्यमा भएको गोष्ठीमा सर्लाही साहित्य समाजका साहित्यकार कुमार दहाल, बर्दिबास छन्द चौतारीका प्रेम घिमिरे ‘अग्निकवच’, बर्दिबास साहित्यक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा कृतिकार रामचन्द्र पौडेल ‘विफल’, मिथिला साहितयका कृतिकार नानिराम दहाल ‘बञ्चरो’, गौशाला साहित्य समाजका अध्यक्ष मोहन महतो कोइरी र स्रष्टा बावुराम खपाङ्गीलगायतका साहित्यकारहरुले गजल तथा कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा मिनपाका नगरप्रमुख महतोले मोतिराम भट्टको जीवनलाई नेपालका साहित्यिक विद्वानहरुले दुई कालखण्डमा बााडेर हेर्ने गरेको बताउनुभयो । मोतिराम भट्टले नेपाली साहित्य विद्यामा ठूलो गुन लगाउनु भएको उहाँले भन्नुभयो । मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष दाहालले मोतिराम भट्टका बारेमा प्रकाश पाुर्नभएको थियो ।