महेन्द्रनगर - धनुषाको क्षीरेश्वरनाथ नपा वडा नं. ५ मा नेपाली काङ्ग्रेसका उम्मेदवार जिवछ मण्डल ६ मतले विजयी भएका छन् ।
३ दिनदेखि स्थगित मतगणना गए राति ११ बजेबाट सुरु भएको थियोे । पुन: गरिएको गणनाबाट मण्डल ६ मतले दाेश्राे कार्यकालका लागि प्यानल सहित विजयी भएका हुन्।
यस अघि भएको मतगणनामा २ मतले मण्डलले जितेको भन्या थियोे भने १ मतले एमालेले आफ्नो उम्मेदवार राज नारायण प्रसाद गुप्ता (राजु) ले जितेकाे दाबि गर्दै पुन: मतगणनाकाे माग गर्दै मतगणना अवरुद्ध गरेका थिए।
एमालेले मतगणनामा धाँधली भएको आराेप लगाउदै पुन: मतगणना हुनुपर्ने माग राख्दा ३ दिन मतगणना अवरुद्घ भएको थियोे ।
गएराति ११ बजे देखि गरिएको पुन: मतगणनाबाट मण्डल ९१२ मत ल्याएर विजयी भएका छन् भने उनकाे निकटतम प्रतिद्वन्द्वी एमालेका राजु गुप्तालेले ९०६ मत प्राप्त गरे।
यश वडा नं ५ बाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार याेगेन्द्र पजियारले ११८७ मत प्राप्त गरेका छन् भने एमालेका मेयरका उम्मेदवार सुखदेव यादवले १११५ मत प्राप्त गरेका छन्।
त्यस्तै काँग्रेसका उपमेयर रचना माथेमाले १२१९ र एमालेका उपमेयर सालिनी चाैधरीले १०२४ मत प्राप्त गरेका छन्।
यश पछि अब वडा नं १ काे मतगणना सुरू हुँदैछ।




