
सुनिता बराल,महोत्तरी - महोत्तरी क्षेत्र नं १ बाट निर्वाचित एमालेका लक्ष्मि महतोको विजय उत्सवमा हिडेका गौशाला २ निगौलका अध्यक्ष श्याम सुन्दर मण्डलको नेतृत्वले विपक्षी दलका ७ जना व्यक्तिमाथी कुटपिट गरेका छन् । मंगलबार राति सा“ढे ८ बजे वडाध्यक्ष मण्डलको टोलमा लक्ष्मी महतोले जितेको खुशीयालीमा दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलन पछि डिजे बजाएर टोल घुम्ने क्रममा एक किराना पसलको अगाडि बसीरहेका कमलेश कुमार मण्डल,विरेन्द्र मण्डल र राकेश महतो माथी वडाध्यक्ष मण्डल सहित २०÷३० जनाको समुहले आक्रमण गरेका स्थानियले बताएका छन् । अचानक डिजे लिएर आउनेहरुले आफ्नो पसलमा बसीरहेका मानिसमाथी कुटपिट गरेका र आफु“लाई पनि अपमानजनक व्यवहार गरेका किराना पसल संचालक केवला देवीले बताईन् ।

पसलको बाहिर बसीरहेको समयमा अचानक आफु“माथी प्रहार भएको र भागेर बच्न खोज्दा पनि पसलेको घरभित्रै गएर ढोका समेत फोडि आफु“माथी कुटपिट गरेको घाइते कमलेश कुमार मण्डलले बताए । उनको गाला र कानमा चोट लागेको छ । गौशाला २ कै रामछविला साह घटना भएको ठाउ“मा हेर्न गएको बेला आफु“माथी आक्रमण भएको बताउ“छन् । उनको टाउकोमा ठुलो चोट छ । उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्रमा गएका साहमाथी पुन अस्पतालमा पनि हातपात भएको साहले बताए । उनको टाउकोमा ६ वटा टाका लगाईएको प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
उपचारका लागि अस्पताल गएका घाइतेलाई पुन त्यहि समुहका केहि मानिस गएर सा“ढे ११ बजे राति पुन हातपात गरेका पिडितहरुले बताएका छन् । प्राथामिक केन्द्रमा उपचाररत रहेका घाइतेमाथी मध्यरातमा मानिसहरु आएर कुटपिट गरेका प्राथामिक केन्द्रका स्वास्थ्यकर्मि राजिव साहले जानकारी दिए ।

अस्पतालमा विरामी लिएर गएको समय अडाध्यक्ष नेतृत्वको टोलीले पुन हातपात गरेको र आफु“सग भएको मोवाईल र ४० हजार पैसा पनि लिएर गएका घाइतेका आफन्त दिनेश कुमार सिंहले बताए । भर्खरै सकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामको विषयलाई लिएर आफु“हरुमाथी हातपात भएको पिडितहरुले बताएका छन् । निर्वाचित महतोको पकेटमत क्षेत्र मानिएको गौशाला २ मा ३२ सय मत खसेको थियो । त्यसमध्य २५ सय मत महतोलाई खस्नुपर्ने दावी गरिएको क्षेत्रमा १८ सय मत मात्रै महतोलाई खसेको थियो । विपक्षि गठबन्धनले भोट विगारेको भन्दै गठबन्धनमा सहभागी भएकै आधारमा कुटपिट भएको आरोप पिडितहरुको छ ।
वडाध्यक्ष श्यामसुन्दर मण्डलले आफु“हरुको समुहले कुटपिट नगरेको दावी गरे । आफ्नो घर अगाडि दिप प्रज्वलनपछि विजय उत्सवमा निस्केको डिजे सहितको टोलीलाई विपक्षिको घर,आ“गन नजिक जान नदिनेगरि अवरोध गरेपछि दुवै पक्षबाट हातपात भएको बताए । उनले आफ्नो समुहमा रहेका ३ जना घाईते भएका जानकारी दिए । भोट नदिएको वा गठबन्धनमा सहभागी भएको विषयमा नभई विपक्षीलेनै विजय उत्सवमा अवरोध गरेको उनको आरोप छ ।

पिडितहरुले प्रहरी र प्रशासनले आफु“हरुलाई साथ नदिएकमो बताएका छन् । प्रहरीले भने दुवै तर्फबाट झडप भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकाले अहिले कसैलाई पक्राउ गरिहाल्ने अवस्था नरहको जनाएको छ । के विषयमा किन र कसरी कुटपिट भएको भन्ने विषय अहिले अनुसन्धानमै रहेकाले यस विषयमा कसैलाई कार्वाहि गरिहाल्ने अवस्था नरहेको र मुद्धा र अनुसन्धान पछि दोषि माथी कार्वाहि हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।