
जनकपुरधाम- १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत आज(बुधबार) बाट घर तथा घरपरिवार सूचीकरणको काम सुरु हुँदै छ । गत बैशाखदेखि सुरु गर्ने तयारी गरिएको जनगणना कोभिडका कारण पछि धकेलिएको थियो । जनगणनाको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण सुरु गरिँदै छ ।
जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको विवरण लिइने छ । ७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्याबसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।
व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ । यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्याबसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।
सुचीकरण असोज १८ गते भित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ । यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् ।