
बर्दिबास- बर्षौदेखी अर्काको घरमा भाडामा बस्दै आएको बर्दिबास नगरपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ ।
बर्दिबास-१४ स्थित रामजानकी गुठीको जग्गा १ बिघा १३ कठ्ठामा संघिय सरकारको ६ करोड र बाकी नगरपालिकाको लगानीमा ४ वटा भब्य भवन बनाइने नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।
सवै जातजातिको अपनत्व महसुस हुने गरि मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्य सहित करिव २३ करोडको लगानीमा ४ वटा भवन तीन तल्लाको बनाइने गरि निर्माण परियोजना तयार गरिएको छ ।
पारम्भिक चरणमा नगरपालिकालाइ पुरानो ठाउँबाट आफ्नै प्रशासनिक भवनमा सार्ने उदेश्यले ६ महिनाभित्रै निर्माण कार्यसम्पन्न गर्नेगरी टेण्डर मार्फत ठेक्का प्रक्रिया अगाडि बढेको छ ।
सवै भवन निर्माण गर्न २४ महिनाको समय निर्धारण गरेतापनी अत्यावश्यक भवन निर्माण छिट्टै तयार गर्ने ठेक्का पाएको ठेक्केदारी कम्पनी ए.एम पाइन्स ॐम निलकण्ठेस्वरका प्रमुख कृष्ण खत्रीले जानकारी दिए ।
अहिले उक्त कम्पनीलाइ ४ वटा २ तलासम्म सम्पन्न गर्नकालागी ९ करोड ३७ लाखमा ठेक्का लगाएको छ । सम्झौताअनुसार कम्पनिले २४ महिनासम्म ४ वटै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नु पर्नेछ ।
नगरको प्रशासनिक भवन निर्माणका लागी स्थानियहरुले जगा उपलब्ध गराउनेदेखी सडक बनाउन समेत ब्यक्तीगत जग्गा दान गरि निक्कै उत्साह देखाएका छन ।
स्थानिय डाकराज पोखरेल, गोपि पोखरेल, टिकाराज पोखरेलले भवन निर्माणको लागी जगादान र सडकको लागी अर्का स्थानिय महेन्द्र महतोले सहजीकरण गरेका थिए ।
भवनको औपचारिक सिलन्यास सनिबार पुर्व सिक्षा, बिज्ञान तथा प्रबिधीमन्त्री गिरिराजमणी पोखरेलले गरेका थिए । सिलन्यास कार्यक्रममा सहभागीहरुले मौलिक संस्कृती झल्कने नगरपालिकाको आफ्नै प्रशासनिक भवनले नगरभित्रका प्रशासनिक कार्यहरुले थप सहज बनाउने बिस्वास ब्यक्त गरेका छन । महोत्तरीका जनप्रतिनिधि समेत रहेका पुर्वमन्त्री गिरिराजमणी पोखरेलले भवन तथा बिकाशका कुनैपनी काम गर्दा पर्यावरणलाई ध्यान दिनुपर्ने सुझाव दिए ।
चुरे क्षेत्रमा बढदो बस्ती र मानविय क्रियाकलापबाट सिर्जित वाताबरणिय समस्याले चुनौती थपिदै गएको बताउदै पोखरेलले यसैको संरक्षणको लागी हरित अभियानको सुरुवात गरेको बताए ।
हरित अभियान सुरु भएदेखी बर्दिबासमा मात्र २ लाख बिरुवा रोपिसकिएको नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।
सिलन्यास समारोहमा राजनिती दलका प्रतिनिधि, जनप्रतिनिधि तथा नगरबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।