
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेको छ ।
मेयर सुवेदीलाई बुटवल ३ ज्योतिनगरका आक्रोसित पहिरो पीडितले मुक्का हानेको हो । मेयर सुवेदी सोमबार पहिरोको अवलोकन गर्न त्यहा पुगेका थिए ।
पहिरो गएको लामो समयसम्म पनि सरकारले विस्थापितलाई बेवास्ता गरेको भन्दै आक्रोशित बनेका स्थानीय युवाले सोमबार बिहान पहिरो अवलोकनको लागि पुगेका सुवेदी माथि एक्कासी आक्रमण गरेका थिए ।
अवलोकनका लागि पुगेका मेयर सुवेदी स्थानीय आक्रोशित बनेपछि फर्किएका छन् ।
गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झन्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।