सिरहा- सिरहामा करेन्ट लागेर युवकको ज्यान गएको छ ।
ज्यान जानेमा कर्जन्हा नगरपालिका – ६ का २० वर्षीय अश्वनी कुमार झा रहेका छन् ।
बुधबार दिउँसो आफ्नै घरको कलमा प्रवाह गरेको विद्युतमा आमालाई करेन्ट लागेपछि अश्वनी छुट्टाउन गएका थिए ।
सोहि क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
उनको आमा गम्भीर घाइते भएकी छन् । आमाको उपचार फुलकुमारी महतो मेमोरियल असपताल कर्जन्हामा भइरहेको छ ।
घटना विषयमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।