
सर्लाही । सर्लाहीको मंलगवा नगरपालिका स्थित मुसैली पोखरी सौन्दर्यीकरणको विवाद थप उग्ररुप लिएको छ । ठेकेदारले सर्लाहीको मलंगवा नगरपालिकामा प्रदेश २ सरकारद्वारा संचालित योजनामा गुणस्तरहिन निमार्ण सामग्री प्रयोग गरी मापदण्ड विपरीत कार्य गरेको स्थानियवासीले आरोप लगाउदै आएको छ । गएको असोज २ गते शनिवारका दिन ठेकेदार पोखरीमा नै पत्रकार सम्मेलन गरी असोज ४ गतेदेखि निमार्ण कार्य सुरु गर्ने गरी विभिन्न ४ बुँद्वामा सहमति गरेको थियो । तर केही स्थानियवासी र जनप्रतिनिधिहरुलाई आर्थिक प्रलोभन र कमिसन दिएर हामीलाई कुनै किसिमको जानकारी नै नगराई सहमति गरेको विद्यालयको अध्यक्ष हरदास कुमार यादव, ठेकेदार विरुद्व अख्तियारमा मुद्दा हालेको सुजित कुमार यादवले आरोप लगाए ।
सर्लाहीको मंलगवा नगरपालिका वार्ड न. ७ मुसैली पोखरीमा सौन्दर्यीकरण गरिनुपर्ने उक्त पोखरी श्री बौधीदेवी जनता माविको स्वामित्वमा रहेपनि विधालयका प्रअ, व्यवस्थापन समिति लगायत स्थानीयवासीहरुलाई समेतलाई कुनै जानकारी नगराई ठेकेदारले मनपरि ढंगले काम सुरु गरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हरदास कुमार यादवले आरोप लगाउदै आएको छ । विद्यालयको स्वामित्वमा रहेको यस पोखरीबाट विद्यालयले राम्रो आम्दनी गर्दै आएको छ । माछापालनका निम्ति विद्यालयले करिब १ करोर १७ लाखमा ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । तर पोखरी सौन्दर्यीकरणको नाममा पोखरीको विद्यालयलाई हुने मासिक दुई लाख आम्दनी समेत रोकिएको छ, अध्यक्ष यादवले भने, पोखरीकै आम्दनीबाटै विद्यालयको मर्मत सम्भार, शिक्षकको तलब र प्रशासनिक कार्यहरु संचालन हुदै आएकोमा तोकिएको समयमा योजना पुरा नहुने भएपछि विद्यालयलाई करौंडो घाटा भई विद्यालयको संचालनमा समेत समस्या हुने निश्चित भएको छ । असोज २ गते शनिवारका दिन एक्कासी ठेकेदार आएर पत्रकार सम्मेलन गरेपनि आफु लगायत विद्यालयलाई कुनै किसिमको जानकारी नभएको अध्यक्षले गुनासो गरे ।
प्रदेश सकारले १५ महिनाभित्रमा काम सम्पन्न गर्ने ठेकापाटा गरेपनि एक बर्ष बित्नलाग्दा समेत २० प्रतिशत मात्र काम सम्पन्न भएको पोखरी संरक्षण अभियानी यूवा सुजित कुमार यादव ले बताए ।स्थानिय जनप्रनिधि र ईन्जिनियरको मिलोमतोमा सम्पन्न भएको काममा समेत बालुवा, गिटी र सिमेण्टको मात्रमा समेत मापदण्ड विपरीत कमसल सामग्रीको प्रयोग गरिएको गुणस्तरहिन काम गरि चरम भ्रष्टाचार र अनियमितता गरिएको आरोप समेत लगाए । प्रदेश सरकारले समेत कुनै किसिमको निगरानी नगरेको गुनासो गरे ।पोखरी सौन्दिर्यीकरणमा निष्पक्ष छानविनका लागि प्रदेश सकार तथा अख्तियारमा समेत उजुरी गरेपनि आवश्यक कार्वाहीको लागि सम्बन्धित निकाय उदासिन रहेको आरोप समेत लगाए । पोखरी सौन्दर्यीकरण कार्यमा व्यापक लापरवाही र कमसल सामग्रीको प्रयोग भएको बारे आवाज उठाउने र अख्तियारमा उजुरी दिने व्यक्ति मै भएपनि असोज २ गते ठेकेदारले पत्रकार सम्मेलन गरेपनि हामीलाई कुनै किसिमको जानकारी समेत नभएको यादव ले बताए । डिपिसि ढलान गरी पिलर सहितको पर्खालको निमार्ण हाम्रो मुख्य र जायज माग रहेपनि ठेकेदार मनपरी ढंगले कमिसन र आर्थिक प्रलोभनको आडमा विद्यालय प्रतिनिधि र मुख्य असन्तुष्ट पक्षको अनुपस्थितिमै सम्झौता गराएको आरोप समेत लगाए ।
मंलगवा नरपालिकाको मेयर निरशल साह अनुसार पोखरीको दक्षिण र पश्चिम पट्टीको जग्गा छुट्टायाई ६.५ फिट पोखरीको र ६.५ फिट जग्गा धनीको जग्गा लिई १३ फिट सडक निमार्ण गर्नुपर्ने भएपनि सहमति भएपनि खेतधनीको नापी नक्शाको विवादले सडक निमार्ण हुन नसकेको र सडक निमार्ण नभई पर्खालको पछाडी खाली माटो पर्ने भएका कारण पर्खाल भत्किएको भन्दै ठेकेदारको बचाउ गरे । जमिन विवाद र बर्षातको कारण विकास निमार्ण ढिलो भएको छ, पोखरी निमार्णमा प्रयोग भईरहेको सामग्री बारे हेर्ने, बुझने र खोज्ने अधिकार यहाँका जनप्रतिनिधि र आम नागरिक रहेको छ । अनावश्यक विवाद नगरी विकास निमार्ण हुन दिन जनसमुदायमा अपिल गरेको बताए ।
पर्खाल निमार्ण सुरु भएको बेला नै हामीले पिलर निमार्ण गरि पर्खाल निर्माण गर्न माग गरेपनि ठेकेदारले ईस्टिमेटमा पिलर नभएको बताएको वार्ड न. ७ का वडाअध्यक्ष प्रमोद कुमार यादव ले बताए । हामीले ठेकेदारसंग पटक पटक लिखित रुपमा लागत ईस्टिमेट माग गरेपनि नदिएको गुनासो गरे ।
पोखरीमा छठ पूजाको लागि ठेकेदारले कार्तिक २५ गते भित्र छठ निमार्ण गर्ने सहमति गएको गरेपनि तोकिएको समयमा छठघाट निमार्णमा शंका र संदेह रहको स्थानियवासी रामसेवक रायले बताए। ठेकेदारले असोज ४ गतेदेखि काम सुरु गर्ने भनेपनि छठ घाट निमार्णका लागि तादरुकताको साथ काम सुरु नगरिएको दुखेसो पोखे ।असोज २ गते मंलगवा नगपालिकाको मेयर निरसल साह, वडाअध्यक्ष प्रमोद कुमार यादव स्थानियवासीहरुको रोहरवमा ठेकेदारले लामो समयमा रोकिएको काम असोज ४ गते देखि सुरु गर्ने, कामको लगत इस्टिमेट मुल्यांकन अनुसारको भुक्तानी गर्ने तथा त्यसको जानकारी अख्तियारलाई समेत जानकारी दिने, भए गरेको कामको लगत इस्टिमेट २०७८ असोज ६ गते सम्म नगरपालिका, वडा कार्यालय र बौधी देवी जनता मा.वि को विद्यालय व्यवस्थापन समितिलाई बुझाउने निर्णय, छठपर्व नजिकिँदै गरेको र छठ पुजा गर्न घाट अतिआवश्यक रहेकोले यही कात्तिक २५ गतेको भित्रमा पोखरीको दुइपट्टीको छठी घाट निर्माण गरेर दिने सहमति गरेको छ ।
काम सुरु गरी बिचमै काम रोकेर ठेकेदार खुसीलाल महतो सम्पर्क विहिन भएपछि विगत २ महिनादेखि निर्माणकार्य ठप्प भएको थियो । ठेकेदार कम्पनी सँग योजना सम्पन्न गर्न बाँकी रहेको ३ महिनाको अवधि भित्र निर्माणकार्य सम्पन्न हुने कुनै छाटकाट देखिदैन । योजनामा भइरहेको ढिलासुस्ती, भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न भदौ २ अख्तियारको केन्द्रीय कार्यालय काठमाडौ र क्षेत्रीय कार्यालय बर्दिबासमा समेत उजुरी गरिसकेको तर उताबाट हालसम्म कुनै प्रतिक्रिया आइनसकेको स्थानीयले गुनासो गरे ।
उता ठेकेदार ठाकुरले भने आफुले काम छाडेर नभागेको बताएका छन् । कामको सिलसिलामा आफुसँग केही त्रुटि भएको उनले स्विकारेका छन् ।ठेकेदार ठाकुरका अनुसार काम गर्ने क्रममा स्थानीयबासीहरुको आन्तरिक विवाद तथा असमझदारीका कारण अनियमितरूपमा काम भएकोले केही ढिलाइ भएको बताएका छन् । पोखरी किनारमा बनाएको पर्खाल छेउमा रहेको जग्गाको मालिकले माटो भर्न नदिएपछि एकतर्फी लोड परेर पर्खाल भत्किएको उनले बताए । निर्माणकार्य चलिरहँदा स्थानीय केही ब्यक्तिहरुले पटकपटक बाधा अवरोध उत्पन्न गरेपछि बाध्य भएर काम बन्द गर्नु परेको ठेकेदार ठाकुरको भनाइ छ ।
स्थानीयहरु बीचको आन्तरिक विवादको टुंगो नलागेसम्म काम अगाडी बढ्ने कुनै संकेत नदेखिएपछि गर्दै गरेको कामलाई रोकेपछि केही ब्यक्तिहरुले “निर्माणकार्य बन्द गरेर ठेकेदार फरार“ भएको समाचारहरु विभिन्न पत्रपत्रिका तथा अनलाइनहरु मार्फत प्रकाशन गराएर कुरै नबुझी आफुलाई बदनाम गरराउन खोजेपछि बाध्य भएर असोज २ गते श्निवार निर्माण स्थलमै पुगेर स्थानिय बासीहरुलाई राखेर नगरप्रमुख निरसल साहको अध्यक्षतामा बडाध्यक्ष, स्थानीय भद्रभलादमी, स्थानीय प्रहरी चौकीका प्रतिनिधि र पत्रकारहरुको रोहवरमा ४ बुँदे सहमती गरेको ठेकेदार ठाकुरले बताए ।