
पछिल्लो समय अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को निकै चर्चा छ । गत १९ अगस्टमा रिलिज भएको यस फिल्मले शुरुवातमा राम्रो कमाई गर्न नसकेपनि पछिल्लो समय भने धमाकेदार कमाई गरेको छ ।
रञ्जित तिवारीले निर्देशनमा बनेको यस फिल्मले विदेशमा मात्र हालसम्म २० करोड बढी कमाई गरिसकेको भारतिय मिडियामा बताइएको छ ।
यस फिल्मको कमाई हेर्दा कोरोनाको महामारीले थलिएको बलिउड अब उकासिने देखिएको छ । चार दिने विकेन्डमा १३ करोड २५ लाख कमाएको फिल्मले प्रदर्शनको एक महिनामा बक्सअफिस बाट मात्रै ३० करोड कमाएको छ । यस फिल्मले स्वदेशमा मात्र ३० करोड कमाएको छ ।
यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ । यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ ।