वीरगन्ज - राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्ध वि रोध प्र दर्शन गर्दै पु त्ला दहन गरेको छ । मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो ।
विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउँन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए ।
वीरगन्जको माईस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाए ।
पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको दुत भएर आए.एस.आईको एजेन्टको रुपमा मुख्यमन्त्री राउत गद्दी काम गर्दे आएको र पाकिस्तानकै ईसारामा प्रदेश २ मा मदरशा शिक्षा विद्येयक ल्याएर तालिवान बनाउँन खोजेको आरोप लगाए ।
उनले भने, नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन, शिक्षामा कुनै प्रकारको विवेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउँनुको अर्थ के हो ? नेपाललाई ईस्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याईएको उनको आरोप छ ।
मुख्यमन्त्री गद्दीले शिक्षा विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध आन्दोलनको आंधीवेरी ल्याउँने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए । अध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरर्शा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरी विवेद ल्याएको आरोप समेत लगाए ।