
जनकपुरधाम - धनुषाको औरही गाउँपालिकामा को हरुसहा गाउँमा आज देखि जितिया मेला सुरु भएको छ ।
मेलाको आज एक समारोह बीच पूर्वमन्त्री एवं लोसपा नेता उमाशंकर अरगरियाले उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिरा सहनी रहेकी थिइन् । यस्तै वडाध्यक्ष प्रमेशवर मण्डल, शिबनाथ साह लागायत नेता कार्यकर्ता, युवा, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
मधेसमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् । प्रदेश सरकारले बुधवार जितिया पर्वको अवसरमा महिलालाई सार्वजनिक विदा समेत दिएको छ ।