
महोत्तरी- राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले संविधान कानुन अनुसार नभई पार्टीको निति अनुसार चलेको आरोप लगाएका छन् ।
महोत्तरीको जलेश्वरमा राप्रपाको महोत्तरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टी फुटाउन अध्यादेश बनाएर ४० बाट २० प्रतिशतमा झार्ने र पार्टी फुटाएर पुनः ४० प्रतिसतमा लैजाने कुन व्यवस्था हो भन्ने सरकारसंग प्रश्न गर्न चाहन्छु। के यो कानुनी शासन नै हो ?’
नेता लोहनीले काँग्रेस,एमाले र माओवादी जस्ता अग्रगामी पार्टी भन्नेले प्रतिगामी काम गर्नु बाहेक कुनै खास काम केहि नगरेको आरोप लगाए।
उनले भ्रष्टाचार,लुटतन्त्रलाई नियन्त्रण गर्ने कार्यमा अख्तियारमा आफ्नै मान्छे राख्ने अनि सानो खरिदार र पियन समात्ने अख्तियारको काम कारवाही प्रति समेत प्रश्न उठाए । शुशासन,कानुनी शासन र अग्रगामी भन्नेले भ्रष्टाचार र लुटतन्त्रलाई प्रसय दिएको आरोप लगाए ।
विदेशी चलखेल गर्ने गरेको बताउदै उनले गठबन्धनले लुट्ने र दलीय भागवण्डा गर्ने वाहेक अरु कसैको लागि सरकार नबनाएको बताए ।

उनले संविधान आफ्नो पार्टी राप्रपाले र देशको जनताले संविधान भित्रको राजसंस्था र राजतन्त्र चाहेएको बताउदै नेपालको एकता, राष्ट्रियताको लागि राप्रपा सदैव संघर्षरत रहि रहने बताए । उनले संविधानलाई परिवर्तन गरि त्यसमा राजतन्त्र व्युताउनु पर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी महोत्तरीले मंगलवार आयोजना गरेको जिल्ला अधिवेशनबाट राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा राजेश्वर रायलाई सर्वसम्मतीबाट चयन गरेको छ ।
यता ३८ कार्यसमिति सदस्य समेत चयन गरिएको उक्त अधिवेशनले उपाध्यक्ष,सचिव लगायतका अन्य विभिन्न पदहरुमा पछि अध्यक्षको सहमतिमा कार्यसमिति चयन गर्ने छ ।