महोत्तरी। नेपाली कांग्रेसका युवा नेता तथा बर्दिवास उधोग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले छोरीको जन्म दिनमा विपन्न परिवारलाई सहयोग गरेको हुन ।
विभिन्न सामाजिक कार्यमा अग्रसर हुदै आजको सामाजिक कार्यमा क्षेत्रीले विगतमा गरीएको कार्य भन्दा फरक किसिमको कार्य गरेका छन् । नेता क्षेत्रीको छोरीको आज पर्न गएको जन्म दिनमा जिर्ण अवस्थामा रहेको मन्दिरलाई नयाँ छानो लगाएर मन्दिरको भवन निमार्ण समपन्न गरीएको हो ।
बर्दिबास नगरपालिका ५ स्थित ढुङग्रे नमुना टोलमा रहेको श्री राधा किष्ण मन्दिमा नेता क्षेत्रीले मन्दिरलाई छानो लगाएका हुन । विगत केही वर्ष देखि जिर्ण अवस्थामा रहेको मंन्दिर आज पर्न गएको छोरी प्रान्जुकी जन्मदिनको अवसरमा मंन्दिरमै गएर सहयोग गरेका हुन ।
समाजसेवी नेता क्षेत्रीले छोरीको जन्मोत्सबकै अबसरमा सोही वडाका विपन्न एवंम एकल महिला शर्मिला विश्वकर्मा लाई एघार हजार एक सय एघार रुपैया छोरीको हातबाट सहयोग गरेका हुुन ।
बर्दिबास नगरपालिकाको नेपाली कांग्रेसका युवा नेता प्रल्हाद क्षेत्री असाहय, गरिबि विपन्न परिवार र दुखिहरुका लागी घाउँको मलम बन्दै गएको शर्मिलाले बताईन ।
कार्यक्रममा नेपाली कांग्रेसका संगठन विभाग सदस्य, चिरञ्जीवी हमालले छोरीकी जन्मदिनको उपलक्ष्यमा गरिएको यो कार्य एक उदाहरणीय एबम् सराहनिय रहेको बताए ।
असाहय, गरिबि विपन्न परिवार र दुखिहरुका लागी मेरो बुबा सबैका मलम बने जस्तै म मेरो जन्म दिनमा यस्ता कार्य गर्न पाउँदा आजको जन्म दिन मेरो लागि स्मरणीय रहेकको प्रान्जुले बताईन ।