
बिष्णु यादव,गौशाला - हिन्दुहरुको महान चाड वडा दशैँ ,शुभ दिपावली र छठ पर्बको पावन अबसरमा महोत्तरी जिल्लाको गौशालामा गौशाला नगरकमिटिद्वारा शुभकामना आदानप्रदान तथा पार्टि प्रवेश कार्यक्रमको आयोजना आज हुने भएका छन ।
गौशाला नगरपालिका ५ स्थित रहेको कभर्ड हलमा आज(आईतबार) दिउसो एक बजेदेखी नगरकमिटिका अध्यक्ष अजय सिंह कुशबाहाको अध्यक्षतामा उक्त कार्यक्रम हुने आयोजक गौशाला नगरकमिटिले शिरीष न्युज महोत्तरीसहकर्मी लाई जानकारी दिएका छन ।
उक्त कार्यक्रममा पार्टिकी केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला सह ईन्चार्ज बुधनी देवी महतो, प्रमुख अतिथी,पार्टिकी मदेश प्रदेशकी कमिटी सदस्य तथा महोत्तरी क्षेत्र नंम्बर १ (क) की प्रदेश सभासंसाद शारदा थापा,बिशिष्ठ अतिथी त्यस्तै अतिथीगणमा नेकपा एमाले प्रदेश कमिटि सदस्य माधब श्रेष्ठ,नर बहादुर थापा,श्याम सा शंकर,सन्त बहादुर श्रेष्ठ र जिल्ला सदस्य श्याम श्रेष्ठ र लक्ष्मि महतो रहेको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा स्थानिय लोक नाच झिझिया र जरजटिन प्रस्तुत गरीने अध्यक्ष कुशबाहाले बताए ।
वडा दशैँको शुभकामना















