महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका वडा नं .६ श्री माध्यमिक विद्यालय भेडियाही फुलकाहामा पढाउने अधिकाशं शिक्षकहरु कक्षा कोठामा पढाउन जाँदा पान पराग, घुटका र सुर्ति मुखमा राखेर पढाउने गरेकोमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले चर्को आपत्ति जनाएका छन्।
शिक्षकहरु मुखमा घुटका ,पान पराग खाएर पढाउँदा हामीहरुको मुहारमा पर्ने गर्छ तर शिक्षकको डरले कसैलाई नभन्ने उनिहरुले वताए । छात्राहरुको लागि साईकल आए पनि वितरण नगरे काहाँ राखेको छ हामीहरुलाई जानकारी नदिएको कक्षा ९ मा अध्ययनरत छात्रा रसिदा खातुन, मनिशा र मनिता कुमारी यादवले बताए ।



त्यसै गरि प्रत्येक विद्यार्थीहरु सँग टाईवेल्टको लागि १३० रु. को दरले लिए पनि अहिले सम्म टाईवेल्ट नदिएकोमा विद्यार्थीहरुले गुनासो गरे ।
शिक्षकहरुले विद्यार्थीहरुलाई विद्यालय पोशाक लगाएर आउन भन्नू हुन्छ र हामीहरु लगाएर आउँछौ तर शिक्षकहरु सरकार बाट पैसा पाए पनि कुनै शिक्षकहरुले पोसाक लगाएर नआएकोमा गुनासो गरे ।जब शिक्षकहरु नैतिकतावना हुँदैन भने विद्यार्थीहरु कसरी नैतिकतावान र गुण स्तरीय हुन सक्छ उनिहरुले प्रति प्रश्न गरेका छन् ।
कुनै कार्य शुरु गर्नु भन्दा अगाडि पुजापाढ हुने गरिन्छ सवैलाई थाहा भएकै कुरो तर हाम्रो विद्यालयमा कहिल्यै पनि कक्षा कोठामा पढाइ शुरु हुनु भन्दा पहिले प्रर्थाना अर्थात पिटि हुँदैन कक्षा ९ का विद्यार्थीहरु अमन कुुमार साह, सत्येन्द्र कुमार लगायत छात्राहरुले पनि गुनासो गरिन्। तर पढाई पहिलेका भन्दा निकै राम्रो हुने गरेका विद्यार्थीहरु बताएका छन् ।
उता पहिले के भयो त्यो आफुलाई जानकारी नभएको तर अहिले पढाई लेखाईमा कुनै कमिकमजोरि नभएको विद्यालयका प्रअ धमेन्द्र कुमार कुशवाहाले बताए। यद्यपी विद्यालयमा कमिकमजोरी भए छ भने अब बिस्तारै बिस्तारै सुधार गर्ने प्रायस गर्दैछौ र निकट भविष्यमा सवै पूरा हुने उनले बताए । यस विद्यालयमा मलाई डेढ महीना मात्र आएको भएछ धेरै सुधार पनि गरे र बाँकिको लाई सुधार गरेर लैजाने छु तथा विद्यार्थीहरु बाट आएको गुनासोलाई निकट समयमा छलफल गरेर समाधान गर्ने छु ।
तर विद्यालयमा विद्यार्थीहरुको संख्या निकै वढेको छ तर कक्षा भवन नभएको कारण असजिलो हुने गरेको छ । भवनको लागि वडा कार्यालय देखि नगरपालिकालाई पटक पटक जानकारी गराए पनि कुनै ध्यान नदिएकोमा कुहवाहाले गुनासो गरे।
शिक्षकहरु कक्षा अनुसार नभएकोले विद्यार्थीहरुलाई अप्ठायारो परेको छ । अर्को प्रसंगमा पानीको निकास नभएको कारण पिटि नभएको उनले स्वीकार गरे तर अब प्रांगण सुख्खा भए पछि पिटि शुरु हुनेछ कुशवाहाले स्पष्ट पारे ।
यता विद्यालय व्यवस्थापनको अध्यक्ष सँग भेट गर्न चाहे पनि भेट हुन सकेन।
तर यस सम्वन्धामा जानकारी माँग गर्दा कमिकमजोरीलाई सुधार गर्ने प्रायस भईरहेको भएता पनि विद्यालयमा शिक्षकहरुले घुटका ,सुर्ति खानेहरुलाई नियम अनुसार कार्वाही हुन्छ शिक्षा शाखाका कर्मचारी पुरुषोत्तम पोखरेलले जनाएका छन्।




