काठमाडौं : नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।
काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे । उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए ।‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन ।
कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ । त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।’उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।
अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।