महोत्तरी- महोत्तरीको रामगोपालपुर वडा २ उपनिर्वाचनकाे मतगणना सुरु भएको छ । साझ बसेकाे सर्वदलीय बैठकमा सहमति भएपछि मतगणना सुरु गरेको हाे ।
साझ ६:४५ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।
रामगोपालपुर नगरपालिका वडा २ माेहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको थियोे । जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत खसेको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत काेईरालाले जनाउनुभयाे ।
उक्त वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।