महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वरिष्ठ नेता तथा महोत्तरी निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद शरतसिंह भण्डारीको संसदीय कोश बाट निर्मित जनजाती डिक्का भवनको उद्घाटन गरिएको छ ।
महोत्तरीको निर्वाचन क्षेत्र नं २ बलवा नगरपालिका १०, धमौरा बजारमा निर्मित जनजाती डिक्का भवनको उदघाटन भण्डारीले गरेका हुन् ।
सो अवसरमा प्रदेश सांसद एवं पुर्व मन्त्री सुरिता साह, प्रदेश पुर्व मन्त्री अभिराम शर्मा , जयलुन राइन, जानकी शरण साह सहित स्थानीय नेता तथा जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।
त्यसैगरी बलवा नगरपालिका ५ मा पर्यटन बिकास मन्त्रालयबाट भण्डारी र प्रदेश सांसद सुरिता साहको विशेष पहलमा निर्मित माइस्थान मन्दिरको उदघाटन गरिएको छ।