जनकपुर- जनकपुरको शिवचोक स्थित एक होटलमा १६ वर्षीया बालिका तीनसम्म बलत्कृत भएकी छिन् । असोज ३ गतेदेखि ६ गतेसम्म बलात्कार घटना भएको पिडितले जनाएको छ । घटना भएको १० दिन विति सक्दा पनि जिल्ला प्रहरी कार्यालय धनुषाले पिडित बालिकाको स्वास्थ्य परिक्षण गराउन पहल नगरेको पीडित परिवारको आरोप छ ।
शहिदनगरपालिका घर भएकी आमा र वुवाविहिन बालिका विदेह नगरपालिका–४ स्थित सानी आमा सनेचरी देवी महराको घरमा बस्दै आएकी छिन् । असोज ३ गते गाउँकै ३० वर्षीय जितेन्द्रकुमार महराले काकाको छोरा ३२ वर्षीय अरुणकुमार महराको सहयोगमा बालिकालाई जनकपुरको एक होटलमा बन्धक बनाई असोज ६ गतेसम्म बलात्कार गरेको थियो ।
पिडित बालिकालाई होटलमै अलपत्र छाडेर आरोपित जितेन्द्रकुमार महरा फरार भएपछि असोज ६ गते साँझ घर पुगेकी बालिकाले आफुमाथि बलात्कार भएको रहस्य खोलेकी थिइन् ।
घटनाको रहस्य खुलेपछि वडाध्यक्ष विनोद गोहितमान यादव, पिडित बालिकाको सानी आमा सनेचरी देवीलगायत गाउँका मान्छेहरुले विदेह नगरपालिकाको प्रहरीचौकीमा असोज ६ गते नै बालिकालाई जिम्मा लगाएको वडाध्यक्ष यादवले बताए ।
प्रहरीचौकीबाट जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटकै समन्वयमा बालिकालाई जनकपुर लगिएको थियो तर पीडित बालिकाको भने स्वास्थ्य परिक्षण नगरि जनकपुरधाम–१३ स्थित आवर संसार नामक संस्थामा राखेको पीडित परिवारले जनाएको छ ।
बालिका बलात्कार घटनाबारे असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा बझुन आउँदा बालिकालाई अलपत्र भन्दै कुनै कानुनी प्रक्रिया अगाडी नबढाएको पाएपछि अति नै गरिव परिवारकी सनेचरी देवीले गाउँबाटै चन्दा संकलन गरेर १० हजार रुपैया तिरेर उजुरी लेखाई असोज १५ गतै नै उजुरी दिएको बताइन्छ । वकिलबाट लेखाएको उजुरी जिल्ला प्रहरी कार्यालयमाा दर्ता भएपनि स्वास्थ्य परिक्षण भने नगरिएको पिडित परिवारको आरोप छ ।
आरोपितद्धयविरुद्ध असोज १५ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारले उजुरी दिएको छ । पीडित बालिकाको असोज १६ गतेसम्म स्वास्थ्य परिक्षण नगरिएको पीडित परिवारले बताएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटलाई फोन सम्पर्क गर्दा पिडित बालिकाको तर्फबाट उजुरी आएको बताए पनि बालिकाकको स्वास्थ्य परिक्षण भए नभएको बारेमा आफुलाई जानकारी नभएको भन्दै बुझेर बताउने बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहनुभएका डिएसपी जितेन्द्र कुमार बस्नेतले र महिला बालवालिका तथा ज्येष्ठ नागरिक सेलका इन्चार्ज सई दिपिका ओझालाई दर्जनौ पटक फोन सम्पर्क गर्दा फोन उठेको छैन् ।
पिडित बालिकाको समयमै स्वास्थ्य परिक्षण गरिएको छैन् भने आरोपितहरु फरार रहेकाले घटनामा आरोपितहरुलाई धनुषा प्रहरीले बचाउ गर्न चाहेको पिडित परिवारको आरोप छ ।