महोत्तरी। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्ने भएको छ ।
प्रदेशमा भ्रष्टाचार बढेको भन्दै आज मध्यान्ह १२ बजे अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने र ज्ञापन-पत्र बुझाउने जनमत पार्टीको सचिवालयले जनाएको छ । सो कार्यक्रममा सहभागी हुन नेता कार्यकर्तालाई अपिल समेत गरिएको छ ।
मुद्दा दायर गर्न फाइल तयार अवस्थामा राखेको तर ‘माथिको राजनैतिक दबाब छ’ भन्दै मुद्दा दर्ता गर्न पछि हटेको अख्तियार जनताप्रति उत्तरदायी बन्नै पर्छ- अध्यक्ष डा. राउतको भनाई छ ।
बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको आरोप लागेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्दै जनमत पार्टीले जनकपुरमा दुई दिन अगाडी प्रदर्शन गरेका थियो ।