पेशागत जिम्मेवारी निर्वाह नहुँदा जोकोहीमाथी प्रश्न उठने गर्दछ । अझ पदिय जिम्मेवारीलाई दुरुपयोग गर्ने र बदनाम वनाउने विकृति कै कारण आम मानिसको भरोसा टुटेको देखिन्छ ।
तर यही भिडभाडमा प्रहरी नायव उपरिक्षक तथा ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख विकास वम भने त्यस्को अपवाद वनेका छन ।
जिम्मेवारी सम्हालेको दुई महिनामा नै अपराध कर्ममा सग्लनहरुविरुद्ध दायर गरिएको मुद्दाको संख्याले मात्र हैन पछिल्ला केही अपरेसनहरुले आम मानिसहरुको प्रहरीप्रतिको अपनत्वमा फराकिलो बनाएको छ ।
दुई महिना अगाडी उनी आउदा पुराना गम्भीर प्रकृतिका मुद्दाका फाईलहरु ध्वासो लागेका थिए, मोटरसाइकल चोरीको विगविगी थियो, होटल व्यवसायीहरु अमर्यादित क्रियाकलाप सग्लन छन् भन्ने जनगुनासो बग्रेल्ती थिए ।
आउनासाथ भेटघाटको क्रममा स्थानिय पत्रकार, समाजसेवी र राजनितीज्ञवाट आएका यी सुझावहरुलाई बमले लिपिवद्व गर्दै गए । अन्ततः यसैलाई आधार वनाए अनि परिणामको प्रतिफल सार्वजनिक गरे ।
‘पहिलो भेटमा सवै महानुभावहरुले लागुऔषधको भयावह अवस्थाको बर्णान गर्नुभयो ।’ नायव उपरिक्षक बमले भने ।‘यसको नियन्त्रणको लागि सेवनकर्ता हैन कारोवारीलाई निगरानी गर्नुपर्छ भन्ने मेरो निष्कर्ष थियो ।’
लागुऔषधको जालो भत्काउने अभियान



पारम्भमा नै बैसाख महिनामा नाईट्राभेट ट्याबलेट ३५० पिस, गाँजा २ के.जि., ब्राउनसुगर १२.११० मिलिग्राम र यसमा सग्लन ५ जना पक्राउ परे । लगत्तै जेठ महिनामा गाँजा १९८ किलो, विन्सेरेक्स सिरप १७ वोतल, खैरो हिरोईन ५७.७३ ग्राम पक्राउ प¥यो ।
वैसाख–१ गतेपछीको तथ्यांक हेर्ने हो भने ट्यावलेट १९८५ पिस, १८ वटा वोत्तल, १५९१ केजी गाँजा र खैरो हिरोईन ७५ ग्राम ५२० मिलिग्राम प्रहरीले बरामद गरेको छ । जसम्ध्ये १५ जना त यसमा सग्लन नै पक्राउ परे ।
‘उनिहरुको माध्यमवाट कारोवारीसम्म पुग्नुपर्छ भन्नेमा म दृढ थिए ।’ उन्ले भने । ‘अनुसन्धानको क्रममा यो अवधीमा ९ जना कारोवारी पहिचान भयो र मुद्दा चलाईयो ।’
दुई महिनाको अवधीमा ९ वटा मुद्दा भनेको पछिल्ला दुई बर्षमा दर्ता गरिएका मुद्दाहरु थिए । ईलाका प्रहरी कार्यालयका अनुसार दुई बर्षमा जम्मा १० वटा मुद्दा मात्र दर्ता भएका छन ।
यसले पनि उपरिक्षक बमको पेशाप्रतिको निष्ठा र जिम्मेवारीलाई प्रमाणित गर्दछ । शृङ्खलाबद्ध लागुऔषधका संगठित गिरोहहहरुको नजिक पुग्ने र कारोवारीको सम्राज्य भत्काउने अभियानमा उनी अहिले अनुवरत लागेका छन ।
‘सेवनकर्तालाई भने काउन्सिलिङ्ग गर्ने र सुधार केन्द्र पठाउने गरेको छु ।’ उन्ले भने ।
उन्ले यो अवधीमा मात्र २४ जनालाई प्रशिक्षण दिएर छाडेका छन जसमध्ये ९ जना बालक र १५ जना पुरुष रहेका छन ।
मोटरसाईकल चोरीको गिरोहहरुको भागाभाग
छोटो समयमा भएको अर्को महत्वपूर्ण मोटरसाइकल चोरीको अपरेसन हो । जाँहा मुख्य योजनाकारलाई सर्लाहीस्थित उस्को घरवाट सिसिटिभीमा देखिएको चप्पलको आधारमा पक्राउ गरिएको थियो ।
बर्दिवास र वरपर मोटरसाइकल चोरीको अर्को ठूलो समस्या थियो । पार्किङ्ग गरेर राखिएका मोटरसाइकल क्षणभरमा हराउँथे, कतिपय वाईकहरु त घरवाट नै हराउँथे, मानिसहरुले यत्रतत्र असुरक्षित महसुस गरिरहेका थिए ।
बमले कार्यभार सम्हालेको एक हप्ताको विचमा पनि ४ वटा मोटरसाइकल चोरी भए । चोरीमा सग्लन केही व्यक्ती पक्राउ परेतापनी उनिहरु कसरी परिचालित भएका छन, यसको मुख्य योजनाकार को–को हुन सक्छन भन्ने विषयलाई उन्ले मुख्य मिसन वनाए ।
बम स्वयमको कमाण्डमा परिचालन भएको टिमले विक्रि गराउने, विक्रिको जिम्मा लिने र चोर्ने व्यक्तिहरुलाई छोटो समयमा नै नियन्त्रणमा लियो । यो बर्दिवास क्षेत्रमा मोटरसाइकल चोरी गर्ने संगठित गिरोहको संजाल नै थियो ।
‘याँहा थुप्रै संजालहरु छन त्यसमध्येको एउटा संजाललाई मात्र हामीले ध्वस्त वनाएका छौ ।’ बमले भने ।‘अब हामी प्रत्येक गिरोहको फेदसम्म पुग्ने, मुद्दा चलाउने र चोरिएका मोटरसाइकल फर्काउने अभियानमा छौ ।’
प्रहरीले तीन तहको अपरेसनमा तेस्रो तहमा चोरीको मोटरसाइकल जिम्मा लिने सर्लाही हरिवनको दिल बहादुर सिङदोङ, दोश्रो तहमा मोटरसाइकल लगेर जिम्मा दिने सर्लाही बागमतीको पदम थिङ्ग र पहिलो तहमा चोरी गर्ने मुख्य योजनाकारहरु पक्राउ परे ।
मुख्य योजनाकार मध्येका मकवानपुर बागमतिका पासाङ्ग तितुङ्ग रौतहटको चन्द्रनिगाहपुरवाट र सर्लाही बागमतीका सुरेश घिसिङ उन्कै घरवाट पक्राउ परेका थिए ।
जब बमले पुराना फाईलको धुलो टकटक्याए
एकदिन बम कार्यालयमा बसेर पुराना फाईलहरुको अध्यण गरिरहेका थिए । त्यसमध्ये बलात्कारपछि हत्या गरिएको बर्दिवासको चर्चित घटनामा उन्को आँखा प¥यो ।
घटना भएको चार बर्षपछी पनि घटनामा सग्लन अपराधीहरुको खोजतलास नहुनु र प्रहरीलाई नै चुनौती दिदै लुकिछिपी वस्नु प्रहरीमाथी प्रश्न चिन्ह खडा भैइरहेको थियो ।
बमले ध्वाँसो लागेको उक्त फाईल टकटक्याए र सफा गरेर आफ्नो टेवलमा राखे । घटनाको मुख्य अभियुक्त अरुण साह पक्राउ परेतापनी अन्य दुई जना राजकिशोर साह र उन्की श्रीमती शुसिलादेवी साह फरार नै थिए ।
लामो अनुसन्धान र निगरानीपछि अन्ततः फरार अवस्थामा रहेका उक्त दुई जना सुक्रवार पक्राउ गर्न ईलाका प्रहरी कार्यालय बर्दिवासको युनिट सफल भयो ।
आइतबार जिल्लाले सार्वजनिक गरेको जानकारीअनुसार निरन्तर निगरानी र सक्रियतापछि भारतवाट जलेश्वरस्थित आफन्तकोमा आएको समयमा बर्दिवास ईलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
बालिका खातुनको बर्दिवास –१४ मा घरबाट चकलेट किन्न जानेक्रममा ७ मंसिर २०७७ मा अपहरणपछि बलात्कार गरेर हत्या भएको पुष्टि भएको थियो ।
सोही घटनाको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय एक युवाको ज्यान समेत गएको थियो ।
घटना घटेको पाँच बर्षपछी अभियुक्तद्वयलाई पक्राउ गर्नु प्रहरीको यो ठूलो सफलता भएको भन्दै यतिवेला आम मानिसहरुले ईलाका प्रहरी कार्यालयको चिया– चौतारीमा चर्चा हुन थालेको छ ।
त्यस्तै सरोज थापा हत्या प्रकरणको फाईल समेत झन्डै ७ बर्षपछी अनुसन्धान थालीएको छ । ‘यो घटनामा सग्लनहरुलाई नजिकवाट निगरानी गरिरहेको र फरार अभियुक्त केही दिनभित्रै नै सार्वजनिक हुन्छन ।’ प्रमुख बमले भने ।‘हामीले नयाँ केही गरेका छैनौ यस क्षेत्रमा जिम्मेवारी निर्वाह गर्दैछौ ।’
अवैध प्राकृतिक स्रोत, साधनको दोहनमा निगरानी
मापदण्ड विपरित नदीजन्य पदार्थ उत्त्खनन सेटिङ्गमा नै उत्त्खनन हुन्छ भन्ने आरोप लागिरहेको वेला नायव उपरीक्षक बमको निगरानीले केही आशा पलाएको छ ।
उन्ले यो अवधिमा ४ लाख ९० हजार जरिवाना सहितको राजश्व उठाएका छन । जसमा १९ वटा टिपर, लोडर, स्काभेटर, ट्याक्टर पक्राउ परेका थिए ।
‘प्राकृतिक सम्पदाको दोहन र अतिक्रमण रोकथाम गर्नु पनि प्रहरीको कर्तव्य हो ।’ प्रहरी नायव उपरीक्षक बमले भने । ‘यो क्षेत्रमा अर्को ठूलो समस्या भनेको नदीजन्य पदार्थको अवैधानिक दोहन पनि देखिएको छ । वातावरण र राजश्वमा हामी गम्भीर छौ ।’




