महोत्तरी : आज नवमीको दिन महोत्तरी जिल्लाको औरही नगरपालिका ७ अवस्थित सोनामाई मन्दिरमा भव्य पूजा हुने गर्छ। घटस्थापनादेखि दशमीसम्म प्रत्येक दिन बली चढाउने परम्परा छ। यो परम्परा करिब दुई सय वर्ष अगाडीदेखि चल्दै आएको जानकारहरु बताउँछन्।मन्दिरमा आज भक्तजनको घुँइचो देखिएको छ। यँहा औरही नगरपालिका लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु आउने गर्छन र मनाेकामना पूरा हाेस भन्दै बली चढाइन्छ।अन्य दिन लगाएत आज सम्म हजारौंको संख्यामा बोका बली दिएका छ्न। भने आज नवमीका मन्दीर प्ररिसरमा रहेको राजदेवीको (खुट्टा) अगाडि १०२ राँगाको बली दिइएको छ। नेपाल तरुण दलका नगर संयोजक अरुन कुमार यादवका अनुसार मेला शान्तिपूर्ण तरिकाले सम्पन्न भएका छ्न।यादवका अनुसार यँहा हरेक वर्ष १सय देखि २ सयसम्म बली चढाइन्छ।