
विश्वकप फुटबलमा जापानले उपाधि दाबेदार जर्मनीलाई हराएको छ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले स्तब्ध पारेको हो । यो विश्वकपमा आश्चर्यजनक नतिजा आउने क्रम जारी छ ।
यसअघि अर्को एसियाली राष्ट्र साउदी अरेवियाले उपाधि दाबेदार अर्जेन्टिनालाई हराएको थियो ।
जापानका लागि रित्सु डोआन र ताकुमा एसानोले गोल गरे। जर्मनीका लागि काई हाभर्टेजले गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा हाभर्टेजको गोलबाट जर्मनीले अग्रता लिएको थियो। ७५ औँ मिनेटमा रित्सुकोले गोल गर्दै खेल बराबरीमा पुर्यायो । ८३ औँ मिनेटमा ताकुमाले गोल गरेपछि जापानको क्याम्पमा खुसीयाली छाएको थियो ।