
जनकपुरधाम- नेपाल पत्रकार महासंघ धनुषा सहित मधेस प्रदेश भरिका शाखा कार्यालयमामा तालाबन्दी गरिएकाे छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति तथा निर्वाचन समितिले लोकतन्त्रको मूल्य मान्यतालाई अवमूल्यन गर्दै निर्वाचनको गतिविधि अगाडि बढाएको विरोधमा प्रेस युनियन केन्द्रिय समितिले आह्वान गरेको आन्दोलन स्वरुप सबै शाखामा शनिबार तालाबन्दी गरिएको हाे ।

नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष राजन सिंह नेतृत्वमा युनियन सम्बद्ध पत्रकारहरुले पत्रकार महासंघका धनुषा कार्यालयको मुल गेटमा शनिवार साँझ तालबान्दी गरेका छन् ।
त्यसैगरी नेपाल प्रेस युनियन महाेतरी शाखाका अध्यक्ष सन्ताेष कुमार सिंह र प्रेस मञ्च महोत्तरीका अध्यक्ष नागेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै जिल्ला शाखामा तालाबन्दी गरेकाे हाे ।

विधि, प्रकृया विपरित सार्वजनिक गरिएको नामावली खारेज गर्नु पर्ने, जिल्ला र प्रदेशबाट सिफारिस भएको बाहेक र जथाभावी रुपमा स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नु पर्ने, नविकरण छुटेका साथीहरुको सदस्यता कायम गर्नु पर्ने माग गर्दै तालाबन्दी गरिएकाे नेपाल प्रेस युनियन महोत्तरीका अध्यक्ष सन्ताेष सिहले बताए ।

विधान र प्रकृया पुर्याएर मात्र निर्वाचन घोषणार र नेपाल पत्रकार महासंघले शुद्धिकरणको नाममा मधेशी पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गर्ने षडयन्त्र बन्द नगरे सम्म तालाबन्दी जारी रहने सिहले बताए ।
यसैगरी पर्साका युनियन अध्यक्ष विजय चौहान, बारा का अध्यक्षा श्याम यादव, रौतहटका अध्यक्ष प्रेमिस सिवाकोटी, सर्लाहीका अध्यक्ष कृष्ण थपलिया, सिरहाका निर्मला दाहाल र शुम्भु यादव र सप्तरीका अध्यक्षा विनयलाल कर्ण नेतृत्वको टोलिले महासंघका तालाबन्दी गरेका हुन् ।