
जनकपुरधाम- नेकपा एमालेको बुधवारबाट जनकपुरधाममा सुरु भएको प्रथम मधेश प्रदेश अधिवेशन अधिवेशनबाट नेतृत्वको लागि चारजना आकांक्षी देखिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे पछि राती देखि सुरु बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसहमत चयन गर्ने प्रयास भइरहेको एमाले केन्द्रिय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।
नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् । वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको मेयर भएकाले उहाँ अध्यक्षमा दोहोरिन नपाउने एमालेको निणर्यअनुसार अन्य नेताले अवसर पाउने भएका छन् ।
त्यसैगरी सचिवको लागि सोम प्रसाद शर्मा, लक्ष्मी नारायण यादव र आरती भण्डारी आकांक्षी देखिएका छन् ।
प्रदेश अध्यक्षमा एमाले सचिव रघुविर महासेठ र एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले आफनो उम्मेदवार अगाडि बढाउने लबिंग गरिररहेको एमाले नेताहरु बताउँछन् । दुवै गुट खुलेर नआएको पनि आन्तरिक तयारी गरेको छ, एमालेका एक नेताले भने, “महासेठको तर्फबाट सर्लाही अध्यक्ष राजनारायण साह, यादवको तर्फबाट चन्देश्वर मण्डल अध्यक्षको तयारी गरेको छ ।”
प्रचार विभाग प्रमुख सोम प्रसाद शर्माका अनुसार राती अबेर सम्म सहमतीमा नै नेतृत्व चयन गर्नलाई छलफल भएको र अहिले पुनः ७ बजे देखि छलफल भइरहेको छ। उनले छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश इन्चार्ज योगेश भटट्राई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतो लगायत पोलिट ब्युरो सदस्यहरु भिडि रह्नु भएको बताए। शर्माले अन्तिम समयसम्म सर्वसहमत कै पहल हुने बताए।
एमाले सचिव एवं प्रदेश ईन्चार्ज योगेश भट्टराईले मधेसको नेतृत्व लिनका लागि ४ जना नेता अकांक्षी देखिएपनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको बताए ।
एमाले सचिव एवं प्रदेश ईन्चार्ज भट्टराई भने, ’मधेसको नेतृत्व लिनका लागि एमालेमा चार जना नेता अकांक्षी देखिएपनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा खटिरहेका छौं । पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको छ।’ उनले सहमती नभए लोकतान्त्रिक प्रकृयाबाट निर्वाचन हुने बताए।
जनकपुरधाम तिरुहतिया गाछी स्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्र भवनमा भई रहेको मधेश प्रदेशको प्रथम अधिवेशनबाट ५ जना पदाधिकारी सहित २३५ जना निर्वाचित हुने छ । प्रदेश कमिटिमा एक तिहाइ महिला अनिवार्य गरिएको कमिटीमा दलित, महिला, मुस्लिम, मजदुर, जनजाती र खुल्ला भुगोल कलष्टर राखिएको छ ।
मधेश प्रदेशको ८ जिल्लामा ४/४ वटा निर्वाचन क्षेत्र रहेकोले हरेका निर्वाचन क्षेत्रबाट ५ जना प्रतिनिधि गर्दा हरेक जिल्लाबाट २० जना तथा सदस्यता र संगठनको आधारमा ५ देखि १० जना थप गरी अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ ।