महाेत्तरी - महाेत्तरीमा दुर्गाजीकाे मुर्ति विसर्जन गर्न गएका एक युवककाे पानीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने १८ वर्षीय सुमित साह रहेको छ।
शनिबार मूर्ति विसर्जन गर्न गएका सुमित साँझ घर नफर्केपछि आफन्तले साँझदेखि नै खोजी सुरु गरेका थिए। पोखरी मै डुबेको हुन सक्ने आशंका बीच आइतबार बिहान करिब ११ बजे उनको शव जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको हो।
युवकले मादक पदार्थ सेवन गरेको र मूर्ति विसर्जनको समयमा मूर्ति सेलाउन पानीमा पस्दा लडेकाे र लडेपछि उनी मूर्तिले च्यापिएर डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।




