जनकपुरधाम। प्रदेश २ को लोकसेवा आयोगले महाेत्तरीका एक युवकलाई सुचना प्रकाशित गरि कालोसूचीमा राखिएको जनाएको छ। आयाेगले कालाेसुचीमा राख्नेमा महोत्तरीको मनरा सिस्वा नगरपालिका-९ बथनाहाका प्रनित कुमार झा रहेका छन्।झालाई एक वर्षका लागि कालोसूचीमा राखिएको आयोगले जनाएको छ।
कर्मचारी भर्नाका लागि आयोगले गरेको विज्ञापनमा अनलाइनमार्फत झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा केही प्रमाणहरू पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेल मार्फत जवाफ मागेको थियो ।
तर झाले आयोगको इमेलको जवाफमा आयोगलाई गाली गर्दै अपशब्द प्रयोग गरी प्रतिक्रिया दिएको लोकसेवा आयोगले जनाएको छ ।
यसरी आयाेगलाई गालीगलाेच गरेको हुँदा उनलाई असोज ६ मा एक पत्रिकामा सूचना प्रकाशन गरी कालो सूचीमा राखेर कारबाही गरिएको आयाेगले जनाएकाे छ।