
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् थप विस्तार गरेका छन् ।
आइतबार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जसपाकै नवलकिशोर साह सुडीले मन्त्रीका शपथ ग्रहण गरेका छन् ।
उपेन्द्रले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या र सुडीले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् ।
यसअघि प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । फागुन २१ मा तीन मन्त्रीले शपथ लिएका थिए भने दोस्रोपटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए ।
आज यादव र सुडीले शपथ ग्रहण गरेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।