
जनकपुरधाम - सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।
घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।