जनकपुरधाम- जनकपुरधाम स्थित श्री जानकी मन्दिरमा कोसेली भित्र्याएर विशेष पूजापाठका साथ कोजाग्रत पूणर्िमा मनाइएको छ । बेमौसमी अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बन्यो। कात्र्तिक पुणर्िमाको दिन मनाईने कोजाग्रत यस वर्ष हिजो मंगलवार र आज बुधवार गरि दुई दिन मनाइएको छ। मिथिलामा कोजाग्रतलाई कोजगरा पनि भनिन्छ ।
माता सीताजीलाई छोरीको रुपमा मान्दै महोत्तरीको रतौली गाविसमा विगत एक सय २० वर्षदेखि निरन्तर स्वर्गीय महेन्द्र ठाकुरको परिवारजनले जानकी मन्दिरलाई भार (कोसेली) पठाउने गरेको इतिहासलाई कायम राख्दै ठाकुर परिवारको तेस्रो पुस्ताका पनातिहरू नवीन ठाकुरले जीवन्त राख्दै यस वर्ष पनि जानकी मन्दिरलाई भार पठाएका छन् ।
महोतरी रतौलीका जमिन्दार स्व. महेन्द्र प्रसाद ठाकुरले १ सय २० वर्ष पहिले जानकी मन्दिरमा भारको शुरुवात गरेको थियो । तत्कालिन जमिन्दार ठाकुरले पुत्र प्राप्तीको कामना गरेको र पुत्रलाभ भएपछि प्रत्येक वर्ष कोजाग्रात पुणर्िमाका दिन जानकी मन्दिरमा दही, चीउरा, पान, मखान सहितको भार पठाउने भाकल गरे अनुसार पुत्र प्राप्त भएकाले भार पठाउन सुरु गरेका थिए । त्यसपछि उनका छोरा, नातीहरु हुदै पनातीहरु समेत अहिले सो परम्परा जोगाउदै भार लिएर आउने गरेका छन् ।
विधि अनुसार १ सय ८ वटा भार ल्याउने परम्परा छ । ठाकुरको घरबाट आएको भारको दही च्यूरा पान, मखान जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरमा समेत जाने गरेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बताउछन् ।
साथै कोजाग्रात पुणर्िमाका दिन जानकी मन्दिरमा सर्वसाधारणले पान, मखान, मिसरी सहितका प्रसाद चढाउने गर्दछन् भने आजको दिन मिथिलान्चलमा सबैले आ आफ्नो घरमा समेत पान र मखान खाने चलन छ ।
बजारमा आजका दिन पान र मखान किन्नेहरुको घुँईचो लागेको देखियो । गाउँमा भरियाहरूले बाँसको डाला, चगेरामा भार अर्थात कोसेली मन्दिरमा ल्याउँछन ।
कोजाग्रत पूणर्िमाको राति भगवान राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकाली गीतसंगीतका साथै पान, मखान र बतासाको वर्षा गर्ने चलन रहेको छ ।
कोजगराका दिन मिथिला क्षेत्रमा नवविवाहित दुलहाको घरमा कोजाग्रत पुणर्िमाका दिन दुलहीको घरबाट कोसेली लैजाने चलन पनि छ । यस अवसरमा नवविवाहिता बेहुलीको घरबाट पान, मखान, काजु, बतासा, मिस्री लगायतका परिकार कोसेली स्वरूप बेहुलाको घरमा पठाउने गरिन्छ ।
बेहुलीको घरबाट आएको पान तथा मखानले बेहुलाको घरमा चुमान भनिने विशेष पूजा गर्ने गरिन्छ । खासगरी आजका दिन ब्राम्हण र कायस्थ जातिमा नव बिबाहित बेहुली पक्षबाट बेहुलाको घरमा पान , मखान, चिउरा, दही, फलफुल र मिठाई सहितको भार आउने परम्परा रहेको छ ।
त्यसैगरी कोजाग्रत पूणर्िमाको दिन मिथिलाञ्चलमा पनि रातभर जाग्राम बस्ने प्रचलन छ । कोजाग्रतको अर्थ रातभर जाग्नु पनि रहेको छ । कोजाग्रत पूणर्िमाको रात धनकी देवी लक्ष्मी पृथ्वीमा घुम्न आउने र जसको ढोका खुलेको छ त्यहि घरमा बास गर्ने धार्मिक मान्यता रहिआएको छ ।
थिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइजे जनविश्वास छ। मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ। मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्।