काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गरिरहेका प्रदर्शनकारीले तीन जना प्रहरीलाई बुद्धनगरस्थित एक कपडा पसलमा थुनेर कुटपिट गरेका छन्।
एमसीसीको विरोधमा बिहानैदेखि विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरिरहेका छन्। त्यही क्रममा ढुङ्गाबाट बच्न पसलमा लुकेका तीन प्रहरीलाई सटर थुनेर प्रदर्शनकारीले कुटेको पसल सञ्चालकले बताएका छन्।
स्रोत : नेपाल भ्यूज
कुटपिटका क्रममा पसलमा तोडफोड भएको छ भने प्रहरीहरू घाइते भएका छन्।