
महोत्तरी- नेपाली काँग्रेसले तोकेको जिल्ला अधिवेशन भन्दा पहिला महोत्तरी क्षेत्र नं. ३ को अधिवेशन भएन भने के हुन्छ ? जिल्ला अधिवेशन पश्चात नै क्षेत्रको अधिवेशन गर्दा के नै बिग्रन्छ भनि सतही टिप्पणी गर्नेहरु पनि छन् ।
पार्टीमा बिभिन्न बिचार र सुझबुझ राख्ने नेताहरुको कमी छैन् । तर यस्ता अभिव्यक्ति राख्ने क्षेत्रका कार्यकर्ताहरुको आफ्नै पीडा छ । ती पिडाहरु स्वभाविक छन् ।
नेपाली काँग्रेसमा महाधिवेशन प्रतिनिधी बन्नु भनेको केन्द्रिय अधिवेशनको कुम्भमा प्रजातान्त्रीक डुबल्की लगाउने मौका प्राप्त गर्नु सरह हुन्छ ।
लोकतान्त्रीक बिधीबाट चयनित महाधिवेशन प्रतिनिधीले मात्र केन्द्रिय महाधिवेशनमा बिभिन्न पदका महत्वकांक्षी हुन पाउने आधार तय हुन्छ । तर त्यसो भएन ।
गत महिना क्षेत्रिय अधिवेशन भव्यताका साथ आयोजना गरिएको थियो । पछिल्लो दुई कार्यकालमा पहिलो पटक बन्द र खुला सत्र गरी अधिवेशनको प्रारम्भ गरिएको थियो । बन्द सत्र पश्चात निर्वाचनमा जाने या सर्वसहमतीबाट क्षेत्रीय महाधिवेशनको टुंगो लगाउने भनी बहस घनिभूरुपमा उठेको थियो । बहस पश्चात क्षेत्रका एकजना बरिष्ठ नेतालाई प्रतिनिधी चुनिएको थियो । उहाँले आफ्नो सुझबुझले भ्याएसम्म आफ्नो निर्णय सार्वजनिक गर्नुभएको थियो । तर लगत्तै त्यसको बिरोध हुनथाल्यो । उक्त बिरोध कति जायज कति नाजायज त्यसको छुट्टै चर्चा गर्न सकिन्छ । तर यथार्त यही हो की केन्द्रले उक्त अधिवेशन नै रद्द गरिदियो । मतदान अधिकृतले राजीनामा समेत दिने अवस्था सृजना भयो । र क्षेत्र नं ३ का नेताहरु केन्द्रिय अधिवेशनमा कुनै प्रकारका सहभागिताबाट बंचित हुनपुगे । नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं. ३ को लागि यो एउटा दुखद क्षणको रुपमा स्मरण गरिने नै छ ।
केन्द्रिय अधिवेशन सम्पन्न हुन लगत्तै बाँकी रहेका १६ जिल्ला अधिवेशन गर्ने भनि परिपत्र जारी भयो । प्रश्न आउँछ- क्षेत्रलाई थाँती राखेर सिधै जिल्लाको अधिवेशन गर्दा त्यसले काँग्रेस पार्टीको हैसियतको प्रकटीकरण गरेको छ । काँग्रेसको बिधानमा रहेका व्यवस्थाहरु कतिको प्रस्ट छ भनि बहसको उठान हुन थालेको छ । कतिले भन्छ पहिला जिल्ला अधिवेशन गरौं अनि मात्र क्षेत्रबारे सोँच्ने ! फेरी काँग्रेसको बिधानले भन्छ (?) की क्षेत्रबाट महाधिवेशन प्रतिनिधी नबन्ने हो भने त्यस्ता कार्यकर्ता जिल्ला सभापतिको उम्मेदवार समेत बन्न सक्दैन । यो कस्तो व्यवस्था हो ?
क्षेत्रीय अधिवेशन भएन भने के नै हुन्छ र भनिकुण्ठा पोख्ने नेता कार्यकर्ताहरुले के बिर्सनु हुन्न भने यो नेपाली काँग्रेस हो । नेपालमा काँग्रेसलाई प्रजातन्त्रको पर्यायवाची हो भनि आत्मरोमांचीत भइरह्ने काँग्रेसका नेता एवं कार्यकर्ताले के बिर्सनु हुन्न की यदी क्षेत्र नंं. ३ बाट जिल्ला सभापतिका महत्वकांक्षी नेताहरु सहभागिताको आधिकारबाट बंचित हुनेछन् !
महोत्तरीमा अहिले कथित संस्थापन पक्षको रजगज छ । र यस्तो अवस्थामा इतर बीचार राख्ने धारले जिल्लाको नेतृत्व पथमा यात्रा समेत बढाउन सक्दैन !
सहिद राम नरायण मिश्रको जिला कलंकित हुनेछ । काँगे्रसमा बुलंद भएको रुपान्तरण र पुस्तान्तरणको नारा अपूर्ण रह्ने छ । क्षेत्र नं ३ लाई समेटेर नजाने हो भने नेपाली काँग्रेसमा जातीवाद र नातावादको निगाहबाट जिल्ला सभापती बन्ने आकाँक्षीको बिना प्रतिस्पर्धाको जित सुनिश्चित गर्नेछ ।
जालझेल र तिकरम प्रबृतीका नेताहरुको मनोबल उच्च रहि रह्ने सम्भावना उच्च हुनेछ । केन्द्रिय अधिवेशनको नतिजालाई हेर्दा संस्थापन इतरले पाएको परिवर्तनकारी ४० प्रतिशत मतादेशको अपमान हुनेछ ।
विगत दुई दशकदेखि अंकगणितको आधारमा पार्टी सभापतिको पद ओगोटेर बस्ने जिल्ला नेतृत्व पंक्तिले आम चुनावमा पार्टीलाई जसरी अग्रगामी बनाउन असफल हुँदै आएको थियो त्यो आफैमा मनन् योग्य छ । र काँग्रेसलाई अग्रगमनको बाटोमा लम्काउन समेत क्षेत्र नं ३ को अधिवेशन सम्पन्न हुनु बांछनीय छ ।
नेपाली काँग्रेसमा जुन संरचना तयार भएको छ त्यसले काँग्रेस भित्र केवल कागजी सुधारको आवश्यकता छैन् अपितु भूइँसतहमा काँग्रेस परिवर्तीत भएको देख्न चाहिरहनु भएको होला भनी विश्वास छ ।
अतः काठमाण्डौमा देखिएका खेमाहरु र तिनका घोषित/अघोषित संबाहकहरुले महोत्तरी क्षेत्र नं. ३ को अधिवेशनलाई गम्भिरतापूर्वक लिँदै जिला अधिवेशनको यात्रा अगाडी बढाउँदा उचित होला । काँगे्रसको भविष्य पनि त्यसमै सुरक्षित रहने छ ।
बजरंगको “भुख हडताल”
१४ डिसम्बर १९७४ । भारत बिहारको सितामढी । रातीको १२ बजे एउटा नाबालक स्कुले झोला बोकी आफ्ना बुवा र उहाँका साथीहरु बस्नुभएको होटेलमा जाँदै थिए । भारतिय सुरक्षाकर्मीले उक्त बालक लाई रोके । नाबालक थिए, बजरंग तिवारी ।
यति राती कहाँ जाँदैछौ भनी सोधपुछ गर्ने क्रममा बजरंगको झोला छामछुम गर्ने क्रममा हतियार फेला पर्यो । सोधपुछ गर्ने क्रममा बुवा गणेश नेपाली रहेको होटेलको ठेगाना सुरक्षाकर्मीले थाहा पायो । अन्य कोको रहेछन् भनी भेद समेत सुरक्षाकर्मीले भेट्टायो । त्यही निहूँमा बजरंग गिरफतार भइ डुमरा जेलमा चलान भए । र नावालक भएकै कारण “जुभेनाइल ट्राइल” तहत ३ महिना पश्चात रिहा भएका थिए ।
प्रजातन्त्र प्राप्तीका लागि बुवा गणेश नेपाली र माता दाना देवीको सम्पर्ण, त्याग, निष्ठा र कष्टमय यात्रा कै प्रभाव होला, बजरंग दश वर्षको उमेर देखि नै नेपालमा लोकतन्त्रको महत्व लाई जीवनको दर्शनको रुपमा ठ्म्याएको हुनुपर्छ । उनका अन्य राजनीतिक यात्राबारे प्रकाश पार्नुभन्दा पहिला तीन दिन पहिला उहाँ सँग भएको एउटा अनौपचारिक सम्वादका केही अंश राख्न मन लाग्यो । त्यो के हो भने, झण्डै चार वर्ष पहिलाको घटना हो ।
देशमा डा.सिके राउतले मधेशलाई नेपालबाट टुक्र्याउने उदेश्य सहित मधेशका जिला भ्रमण मा थिए । राउत महोत्तरीको जलेश्वर पनि आउनु भएको रहेछ । एउटा अनौपचारीक छलफलमा बिभिन्न दलका नेताहरुलाई सामान्य छलफलको नाममा बोलाइएको थियो । राउतले मधेशलाई अलग राष्ट्र बनाउनुपर्छ भनी दलिलहरु पेश गरे । सहभागी मध्ये अन्य नेताहरुले पनि चर्का कुरागरी राउतको समर्थनमा आफ्ना भावना पोखी रहेका थिए । पालो आयो बजरंग नेपालीको ।
नेपाली ले डा. राउतलाई सोध्नु भएछ । डा. साहेब, तपाईले मधेशलाई नेपालबाट अलग गरी अर्को राष्ट्र बनाउने कल्पणा गर्दैगर्दा कस्तो साशन व्यवस्थाको कल्पणा गर्नुभएको छ ? यदी तपाइँले कल्पणा गर्नु भएको राष्ट्र लोकतान्त्रीक हुनेहो भने लोकतन्त्रको कस्तो परिस्कृत स्वरुप हुनेछ ? नेपालमा अहिले लोकतन्त्र छ । र त तपाइँ देश टुक्र्याउने अजेण्डा बोकी खुला सम्वाद गर्ने आँट गर्नुभएको छ । यो भन्दा पनि परिस्कृत लोकतन्त्र कस्तो होला ? लोकतन्त्रप्रति यही बुझाई र दृढता होला बजरंग अनवरतरुपमा बिधीको साशनको पक्षधरको रुपमा आफुलाई उभ्याउने प्रयाश गर्दै आएका छन् ।
दर्जनौ पटक थुनामा परी पंचायतको कोरा खाने बजरंग आफ्नो राजनीतिक जीवन यात्रामा तीन वर्ष जलेश्वर कारागारको यात्रा तय गरिसकेका छन् ।
२०४१ सालमा नेपाल विद्यार्थी संघको जिला सचिब बनेका बजरंग २०४४ देखि ०४८ सम्म नेपाल विद्यार्थी संघको जिला सभापति भएका थिए । आफ्नो स्कूले जीवन पश्चात जनकपुरको रामस्वरुप रामसागर कलेज पढ्न जाँदा विद्यर्थी हकहितका लागि आवाज उठाउन छाडेनन् ।
शिक्षा क्षेत्रमा पंचायती मानसिकताको अवशेष सफा गर्नको लागि स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिकारुपमा लोकतान्त्रीक विद्यार्थी नेताहरुले बजरंग लाई लायक ठाने निर्वाचित गरे, कार्यकाल थियो २०४९ देखि ०५१ सम्म ।
त्यसैगरि २०५२ सालमा उनि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेर आफ्नो भूमिका निर्वाह गर्दै गए । २०६२ देखि ०६७ सम्म सचिव पदमा निर्वाचित भई सक्रिय भूमिका निर्वाह गरे ।
निवर्तमान महासमिति सदस्य बजरंग नेपाली अहिले भूख हडतालमा बसेका छन् । “जिल्ला अधिवेशन भन्दा पहिला” क्षेत्रिय र अन्य बाँकी अधिवेशन हुनुपर्छ भनी माग राख्ने सम्पुर्ण क्षेत्रका आफ्ना साथीको प्रतिनिधीत्व गर्दै नेपाली काँग्रेस जिल्ला कार्यालय महेश्वर सिंह स्मृती भवनमा हडताल बस्नुभएको छ । त्रमशः...