जनकपुरधाम- आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजनामा संघीयता सबलीकरण सम्बन्धि समाचार लेखन सम्बन्धि दुई दिने प्रशिक्षण धनुषाको ढल्केवरमा आजवाट शुरु भएको छ ।धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका करिव ४ दर्जन पत्रकारहरु सहभागि रहनु भएको प्रशिक्षण कार्यक्रममा संघीयताको महत्व, आवश्यकता सहितका विषयमा संघीयता विद् खिमलाल देवकोटो प्रशिक्षण दिईरहनु भएको हो ।
यसै गरि संघीयतामा आर्थिक विषयहरुमा मधेश प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डो भोगेन्द्र झा व्यथितले प्रशिक्षण दिईरहनु भएको छ ।
दुई दिने प्रशिक्षणमा कार्यक्रममा सहभागि विज्ञहरुले संघीयताको सकारात्म तथा नकारात्मक पक्ष, विश्वमा भएका अभ्यास सहितका विषयमा विज्ञहरुले प्रशिक्षण दिईरहनु भएको छ ।दुई दिने प्रशिक्षणको उद्घाटन गर्नुहँुदै मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले संघीयताको धेरै सकारात्म पक्षहरु भएको बताउदै यसलाई सवल बनाएर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनु भयो ।उहाँले संघीयताको असल अभ्यासले मुलुकको विकासले गति लिने भएकाले यसमा देखा परेका नकारात्मक विषयहरुलाई चीर्न सञ्चारकर्मीले निरन्तर कलम चलाउनु पर्ने धारणा राख्नु भयो ।



मन्त्री थापाले संघीयताका कारणले नै अहिले समाजमा निक्कै पछाडी पारिएका वर्ग तथा समुदायका व्यक्तिहरुले राज्य विभिन्न तहमा अवसर पाएको बताउदै नकारात्म विषय वस्तुलाई उजागर गर्न नहुने बताउनु भयो ।आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जीतेन्द्र खडगाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्राधिकरणका सदस्य ज्योति झा, संघीयताका विज्ञ खिमलाल देवकोटा तथा आम सञ्चार प्राधिकरणका कार्यालय प्रमुख सन्तोष साहले बोल्नु भएको थियो । प्रशिक्षण कार्यक्रम भोलीसम्म चल्नेछ ।




