
धनुषामा बस दुर्घटना हुँदा ३ दर्जन यात्रु घाइते भएका छन् ।
जनकपुरबाट राजविराजको लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना यात्री घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
इप्रका ढल्केवरका अनुसार जनकपुरबाट राजविराजको लागि छुटेको ना ५ ख १४४१ नम्बरको बस धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेर दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा सामान्य, मध्यम र गम्भीर गरी ३६ यात्रु घाइते भएका छन् ।
घाइतेहरुलाई स्थानीय ६ वटा एम्बुलेन्समा उपचारका लागि जनकपुरका विभिन्न अस्पतालहरुमा लगिएको प्रहरीले जनाएको छ।
न्यूरो अस्पताल जनकपुरधाममा उपचारका लागि ल्याइएका मध्ये ५ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।
घाइतेको सूची –
- जिल्ला धनुषा छिरेश्वरनाथ न.पा.४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरीरमा चोट मध्यम
- जिल्ला सिराहा लाहान न.पा.११ बस्ने बर्ष ७५ को रामबहादुर शर्माको शरीरमा चोट अवस्था मध्यम
- जि.सिराहा मिर्चेया न.पा.३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादवको शरीरमा चोट अवस्था सामान्य
- किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादवको टाउकोमा चोट अवस्था सामान्य
- जिल्ला सप्तरी नरहु न.पा. १ बस्ने कपिलेश्वर यादवको शरीरमा चोट अवस्था सामान्य
- जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरीरमा चोट अवस्था मध्यम
न्युरो अस्पताल जनकपुरमा उपचाररत घाइते
- ऐ.ऐ.बस्ने बर्ष ६० की जागो साहको शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ.मिर्चेया न.पा.३ कमलधरपुर बस्ने ५० की सोनावती यादवको शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ.कर्जनाहा न.पा. बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादवको शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादव शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. बस्ने बर्ष ७० की सुर्जि यादव शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. बस्ने बर्ष ४० की बिना यादव शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादव शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरीरमा चोट अवस्था मध्यम
- जि.सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादव शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. बस्ने बर्ष १२ को सिवान्नद महतो शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. बस्ने बर्ष ३५ की सर्मीला महतो शरीरमा चोट अवस्था मध्यम
- ऐ.मिर्चेया न.पा ३ बस्ने बर्ष ५५ की फुलो पडित शरीरमा चोट अवस्था मध्यम
- जिल्ला धनुषा धनुषाधाम न.पा.६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरीरमा चोट अवस्था सामान्य
- ऐ.ऐ.बस्ने बर्ष ४० की बन्दना कर्ण शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ. बस्ने बर्ष ४५ की सिता देबि साह शरीरमा चोट अवस्था सामान्य
- ऐ.ऐ. गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरीरमा चोट अवस्था मध्यम
- जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरीरमा चोट अवस्था मध्यम
- ऐ.गोलबजार न.पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरीरमा चोट अवस्था मध्यम
- ऐ.ऐ.पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरीरमा चोट अवस्था सामान्य
- ऐ.ऐ.बस्ने बर्ष ४० की समुन्द्री कापर शरीरमा चोट अवस्था मध्यम
- भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरीरमा चोट अवस्था मध्यम
- हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ की महिला शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
- हाल नाम थर वतन नखुलेको अ.बर्ष ४० को पुरुषको शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
- हाल नाम थर वतन नखुलेको अ.बर्ष ४५ को पुरुषको शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भीर
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेका घाइते
- जिल्ला सिराहा गोलबजार न.पा.६ बस्ने बर्ष २८ की ममता देबी यादव शरीरको बिभिन्न भागमा चोट अबस्या मध्यम