जनकपुरधाम- खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्तालाई प क्राउ गरेको छ ।
घटना लगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो । कार्यकर्ताहरुलाई पक्राउ गरेपछि रिहाईको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
घटनाको सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पक्राउ परेकाहरुलाई कानून बमोजिम कारवाही गरिने जनाएको छ । प्रजिअ वास्तोलाले एक राष्ट्र सेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपतिजनक, अमानवीय र अपराधिक घटना भएको संज्ञा दिएका छन् ।
दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताहरुले गुण्डाशैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए । लाठी, भाटा सहित कार्यालय पुगेका जनतम पार्टीका दर्जनौँ कार्यकर्ताहरुले प्रमुखलाई जबरजस्ती कार्यालयबाट थुतेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए । उनीहरुले कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा कुटपीट गर्दै घुमाएको प्रत्यक्षदर्शीहरुले बताए।
दुव्र्यवहार गरिएका निमित प्रमुख कुशवाहा कै कार्यालयमा कार्यरत कार्यालय सहयोगीका अनुसार जनमतका कार्यकर्ताहरु नयाँ बाँसको चिर्पट, लाठी सहित पूर्व तयारी गरेरै आएको र तिनिहरुले एकाएक यस्तो घटना गरे । उनले कार्यालयका अन्य कर्मचारीहरुलाई समेत कुटपिट गरेको आरोप लगाए। जनमत पार्टीको गतिविधीले कर्मचारीहरुमा भय उत्पन्न भएको छ ।
जनकपुरधामका इन्जिनियरहरु द्वारा घटनामा संलग्नलाई कार्वाहीको माग
घटना पश्चात जनकपुरधामका इन्जिनियरहरुले आन्दोलनको कडा चेतावनी दिएका छन् । विभिन्न ब्यानर तथा संगसंगठनमा आवद्ध इन्जिनियरहरु धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई भेटेर जनकपुरधाममा विहिवार जनमतपार्टीको कार्यक्रताले गरेको अपराधिक गतिविधीमा संलग्नहरुलाई कडा कारवाहीको मांग गर्दै इन्जिनियरहरुले प्रहरी प्रशासनले न्याय नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । प्रजिअ वास्तोलाले इन्जिनियरहरुलाई राजनीति दलको आवरणमा कर्मचारीमाथि गरिएको अमानीय दुव्र्यवहार लोकतान्त्रिक चरित्र नभई अपराधिक र भूमिगत समूहको कार्य रहेको भन्दै कर्मचारी मात्र होइन कुनैपनि व्यक्तिलाई यस्तो दुव्र्यवहार गर्नु कानूनन अपराध भएको बताए । घटनाको छानबीन गरी संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने कार्य शुरु भएको छ, तिनीहरुलाई कानून बमोजिम कारवाही हुने उनले बताए । प्रजिअ वास्तोलाले आजको घटनाले कुनै कार्यालयका कर्मचारीलाई नआतिन नडराउन आग्रह गर्दै तिनीहरुको सुरक्षाको लागि प्रशासन प्रतिबद्ध रहेको प्रतिबद्धता समेत जनाए ।
खानेपानी प्रमुख कुशवाहा माथि भएको दुर्व्यवहारको नेपाल मधेसी निजामति कर्मचारी मंच द्वारा घोर भत्सर्ना
त्यसैगरी नेपाल मधेसी निजामति कर्मचारी मंच केन्द्रिय समितिले समितिले समेत एक विज्ञप्ती जारी गर्दै जनमत पार्टीको कार्यकर्ताहरुले गरेको कार्यलाई अपराधिक भन्दै खेदप्रकट गर्नुको साथै गैर कानुी तथा गैर राजनीतिक व्यवहारको घोर भत्र्सना गरेको छ ।
कर्मचारी मंचका महासचिव बेचनकुमार महतो द्वारा जारी विज्ञप्तीमा पेशागत इमान्दारिता र जनअपेक्षा अनुसारको कार्यसम्पादन गर्ने क्रममा कर्मचारी उपर यसरी दिन दहाडै कार्यकक्ष मै आक्रमण हुनुले समग्र कर्मचारी प्रशासनको मनोवल गिरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा कार्यथलोमा कम्जोर सुरक्षाको प्रत्याभुति भएको जनाउँदै भुमिगत शैलीमा भएको र हुने गरेका यस्ता स्वार्थपरक आक्रमणले समग्र प्रशासनिक उत्पादकत्व घट्नेमा कुनै दुई मत नरह्ने ठहर गरिएको छ ।
घटनामा घाईते कार्यालय प्रमुख कुशवाहाको उचित स्वास्थ्योपचार तथा दोषी उपर तत्काल कडा कारवाहीको माँग गर्दै त्यस्तो नभए न्यायिक शुसाशनको प्रत्याभूतिको लागि कडा आन्दोलनमा उत्र्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।
कुशवाहामाथि भएको दुर्व्यवहारको ईन्जिनियर्स एशोसिएसनद्वारा घोर भत्सर्ना
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय धनुषाका प्रमुख राजेश्वर कुशवाहामाथि गरेको दुर्व्यवहारको नेपाल ईन्जिनियर्स एशोसिएसनले घोर भत्सर्ना गरेको छ। एशोसिएसनको बागमती प्रदेश कार्यकारिणी समितिले बिहीवार विज्ञप्ति जारी गरी घटनाको घोर भत्सर्ना एवं निन्दा गरेको छ। ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार घुमाइएको थियो।जनमत पार्टीद्वारा पक्राउ परेका कार्यकर्तालाई रिहाई नगरिए आन्दोलन गर्ने चेतावनी
यसैबीच पार्टी अध्यक्ष डा. सिके राउतको सचिवालयले समाजिक सञ्जाल फेसबूक मार्फत भोली शुक्रवार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने जनाएको छ ।
पक्राउ परेका कार्यकर्ताहरुलाई यथाशिघ्र रिहा नगरे आन्दोलनको पुणर् स्वरुप तिर जाने नेपाल पुलिस तथा गृहमन्त्रालयलाई चेतावनी समेत दिएको छ ।