महेन्द्रनगर- धनुषाको मिथिला नगरपालिका वडा नं २ नक्टाझिजस्थित हिमालय युवा क्लवमा शुक्रवार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्रामिण क्षेत्रका आँखाको रोगीहरुलाई मध्यनजर गर्दै मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको प्राङ्गणमा भएको सो निःशुलक आँखा शिविरमा दुई सय जनाले आँखाको जाँच गराएका छन् ।
शिविरमा दुईसय जनाको आँखा जाँच गर्दा ४२ जनामा मोतियाविन्दु रोग फेला परेको क्लवले जनाएको छ । सो शिविर रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केवर र मिथिला नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको थियो ।
शिविरमा मोतियाविन्दु भेटका आँखाका विरामीहरुको मसिंर २ गते मोतियाविन्दुको अप्रेशन गरिने अस्पतालले जनाएको छ ।