जनकपुरधाम - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको १३औं महाधिवेशन पश्चात पार्टीले स्तरीय नेतृत्व दिन नसक्दा काँग्रेस कमजोर भएर कम्युनिष्टहरु देशमा हाबि भएको बताएका छन् ।
सरोज ग्रामिण सेवा केन्द्र कंचनवन महोत्तरीको आयोजनामा शहिद सरोज कोइरालाको ४८औं पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमान स्थलमा संचारकर्मीहरु १३औं महाधिवेशन पछि काँग्रेसले समयको माग बमोजिम, जनताको चाहना र कार्यकर्ताको भावना अनुसार संचालन गर्न सकिएको कारण काँग्रेस कमजोर भएको बताए ।
नेता सिंहले काँग्रेस कमजोर हुँदा देशमा झन्डै दुई तिहाईको बहुमतको केपी ओलीको सरकारले तानाशाही प्रकृयामा अघि बढेको र जनताले दिएको म्यान्डेड अनुसार काम कुनै पनि काम नगरि आफ्नो स्वार्थ सिद्ध गर्न तर्फ मात्र लागेको आरोप लगाए ।
नेता सिंहले भने, ‘काँग्रेसको नेतृत्वमा देशमा संविधान जारी भयो तर संविधान पश्चात पालै पालो कम्प्युनिष्टहरुले देशमा सरकार चलाएपनि देश र जनताको हकहितमा कुनै काम गर्न सकेनन् । उनले ओली नेतृत्वको सरकारले त विश्वव्यापी कोरोना महामारीलाई समेत मजाकमा लिएर जनतालाई जुन किसिमको स्वास्थ्य र ज्यानको सुरक्षाको प्रत्याभुति दिनु पर्ने ठाउँमा स्वास्थ्यमा समेत व्यापक भ्रष्टाचार र अनियमितता तर्फ लागेको आरोप लगाए।
उनले झन्डै दुई तिहाई बहुमतको ओलीको सरकारले आफ्नो पार्टी भित्रको विवाद मिलाउन नसक्दा, पार्टीलाई व्यवस्थापन गर्न नसकेर दुई दुई पटक संविधानलाई मिचेर प्रतिनिधिसभा विघटन गरेर देशलाई अस्थिरता तर्फ लगेको बताए ।
नेता सिंहले कम्युनिष्टहरुको अकर्मन्यताले गर्दा प्रजातन्त्र माथि खतरा उत्पन्न भयो, देश र राष्ट्रिय राजनीति अस्थिरतामा गएपछि अहिले गठबन्धनमा काँग्रेस नेतृत्वको सरकार बन्ने अवस्था आएको बताउँदै उनले भने, ‘ओलीले जसरी देश र राष्ट्रिय राजनीति अस्थिरता तर्फ लगेको छ, त्यसलाई ट्रयाकमा ल्याउन अझ यस सरकारलाई केहि समय लाग्छ ।’
त्यसैगरी नेता सिंहले आफू आसन्न १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउँदै सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताए । उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप समेत लगाए ।
नेता सिंहले चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि राम्रो नहुने बताउँदै मंसिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्ने बताए ।
सिंहले विधि र प्रक्रिया अनुसार पार्टी चल्नुपर्ने बताउँदै उनले भने, ‘भन्नका लागि प्रजातान्त्रिक पार्टी भन्ने र अभ्यास न्यूनतम रुपमा पनि आन्तरिक नहुने ?’ उनले प्रश्न गरे ।
सिंहले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकोले यसलाई अब तोड्नुपर्ने बेला आएको बताए । उनले कांग्रेस कहिले सम्म एकै समुदायको नेतृत्वमा चल्ने प्रश्न गर्दै परिवर्तण पक्षका लागि आफु प्रवल दाबेदार भएको बुझनु पर्ने बताए ।
संचारकर्मीहरुले मधेशबाट बिमलेन्द्र निधी उम्मेदवार छन एकचोटी मधेशीलाई नेतृत्व दिन किन आनाकानी ? भन्ने प्रश्नमा, सिंहले मधेशी त प्रधानमन्त्री पनि भएका छैन, प्रधानमन्त्री बन्दा पनि हुन्छ नि भनेर जवाफ दिए ।
उनले आफु गिरिजाप्रसाद कोइराला देखि शेरबहादुर देउवा सम्मको पालामा उपसभापती भएर काम गरेको, देउवासंग संसदिय दलमा चुनाव लडेको सहितका धेरै प्रोटोकलमा आफु अगाडि रहेकाले मेरो हकमा सहमती हुनेमा उनको दावी थियो ।
वर्तमान पार्टीका पदाधिकारीहरुले पार्टीलाई अबैध बनाएको र अहिले सम्मकै इतिहाँसमा पार्टी कमजोर र गलत बाटोमा हिडेको बताउँदै सिंहले हालसम्म नेतृत्वको कमजोरीकै कारण कांग्रेस कमजोर बनेको जिकिर गरे । उनले भने- ‘पार्टीलाई मजबुत बनाउन यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागि रहेको छु ।’