
नेपालमा बसोबास गर्ने अनेकौ जातजती र पहिरण ओहिरणका वर्ग मध्येका मगहीयन समाजको पहिरण र पहिचान मध्ये पगरी एक पोषक रहितको अलग पहिचान हो । पगडी बिशेष गरेर शारीरिक शक्तिलाई नियन्तरीत गर्न पगडीले ठूलो भूमिका खेलेको छ । पहिचानको संगसंगै पुर्खाको पहिरण कायम राख्नका लागि पुरुषहरुले पगडी बाध्ने चलन रहेको छ । कुनै पनि कार्य गर्न सहज गर्ने एक प्रकारको यस्त्र नै साबित भएको छ ।
शरीरको महत्वपूर्ण भाग मानिने मस्तिष्कको रक्षाको लागि विशेष गरेर मगहियन समाजमा मानिस प्रयोजनको हिसाबले मानिस पगरी बाध्ने गरिन्छ । किसानहरु बिशेष गरेर कामको हिसाबले पगरी प्रयोजनको हिसाबले प्राय काम र प्रयोजनको हिसाबले पगरी बाध्ने चलन रहेको छ । काम अनुसार पगरीको महत्त्व हुन्छ । भारी काम गर्नका लागि बिशेष त्यही अनुसारको पगडी बाध्ने चलन रहेको छ । प्राय गरेर गमछाले बाँध्ने चलन रहेको छ । अति महत्व मनिने पगडी मगहियन समाजको लागि पगडी पहिचानको रुपमा रहेको छ । । आफ्नो शरीरको महत्वपूर्ण भाग जोगाउनका लागि टाउँकोमा गमछाले चारै तर्फ बेरेर बाध्ने गोलो आकारलाई पगरी भनिन्छ । शरिरको भागलाई संरक्षित रुपमा ज्यानलाई संचालित गर्ने महत्वपूर्ण भागलाई जोगाउनलाई पगरी बाध्ने गरिन्छ । पगडीलाई मानिषले आफ्नो अनुसार काम प्रयोजनको हिसाबले बाध्ने गरिन्छ । जे जस्तो भएपनि मगहियन समाजको लागि पचिान नै सावित भएको छ ।
मगही भाषा बोल्ने समुदायका लागि पगडी पहिचानको रुपमा रहेको छ ।
मगहियन समाजका मानिसहरु प्राय खेती किसानी संग जुडेको छ । किसानहरु घाम ,पानी,ओस, किरा फटयाङग्र्रा,धूलो,धूवाबाट शरिरलाई जोगाउनका लागि पगडी बाधेर काम गर्ने गरिन्छ । कडा मेहन्त गर्ने मानिष आफ्नो थकाई मेटनका लागि पगडी खोलेर त्यही गमछाले अंग बिश्राममा सहयोग र प्रयोग गर्ने गरिनछ ।
साइकल चलाउदा, शुभकामको प्रारम्भ गर्दा ,शुभ कामको साईत हेर्नका लागि विवाह शादीको काम पनि जिम्मेबारीको हिसाबले पगडी बाध्ने प्रचलन रहेकोे छ । जन्म देखी मृत्यु सम्म मगहियन समाजमा पगरीकोे महत्व रहेको छ । किसानहरुले भारी बोक्ने बेला हलो जोत्ने बेला खेती संग जुडेका अन्य काममा पगरी बिशेष गरेर बाध्ने चलन रहेको छ । पगडी बाध्ने चलन अरु समाजका रहे तापनि मगहियन माज आफ्ना मौलिकता मmलकाउन र श्रृङगारको रुप दिने हिसाबले पगडी बाध्ने प्रचलन रहेको छ ।
पगरीलाई सामाजिक रुपमा छुटयाउन सकिन्छ । समाजिक प्रतिष्ठा र कामको दृष्टीले अनेक रुप दिन सकिनछ । ईज्जतको हिसाबले समाजिक रुपमा पगडकिो बढी नै महत्व रहेको छ । समाजिक सद्भाव र प्रतिष्ठा बचाउनका निम्ति पगडी प्रति अति नै चनाखो भई सम्हालने चलन रहेको छ । घरमूली ज्येष्ठ व्यक्तिको रुपमा जो हुन्छ त्यसको ताजको रुपमा पगडीलाई लिने गरिन्छ ।