गौशला (महोत्तरी)- नेपाल काँग्रेसका केन्द्रिय सदस्य एवम् युवा नेता कल्याण गुरुङले जातीय राजनिती त्याग गरि स्वतन्त्र राजनिती अपनाउनको लागि आग्रह गरेका छन् ।
शनिवार महोत्तरीको गौशालामा नेपाली काँग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले निडरको साथ स्वतन्त्रको राजनितीक गर्नका लागि आग्रह गरेका हुन् ।
शनिवार नेपाली काँग्रेस क्षेत्र नं. १ ले आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना अदानप्रदान कार्यक्रमका बीच नेता गुरुङ्गले सेना, प्रहरीले मात्र सुरक्षा दिदैमा हामी सुरक्षित नहुनेभएकोले समाजमा एकताबद्ध हुनका लागि गौशालाका व्यापारीहरुलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा पूर्वसाँसद वसन्त गुरुङले दुई तिहाईको ओली नेतृत्वको सरकारलाई निर्धक्क साथ कार्यसम्पादन गर्ने प्रशस्तमार्ग हुँदा समेत आफनै कारणले सरकार ढलेको प्रतिक्रिया दिए ।
त्यसैगरी पूर्वसभासद सिताराम भण्डारीले निषेध र भेदभावको राजनिती नेपाली काँग्रेसमा अन्त्य भएको जानकारी दिदै अब स्वच्छ र विधी अनुसारको राजनिती गर्नकालागि नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।उनले भने गलत मनोवृतिकै कारण देशमा एमसीसी लागु हुन नसकेको बताए ।
त्यस्तै नेपाली काँग्रेसका नेता मुकेश काफ्लेले प्रदेश नं. २ को अवस्था क्रमिक रुपमा विकासको नाममा सुडान झै हुन लागेकोप्रति आपति जनाए । उनले सिके राउतलाई जनमैत्री र जनप्रिय ढंगले पार्टी संचालन गर्नका लागि आग्रह गरे ।
कार्यक्रमकामा गौशाला नगरपालिका ८ का शंकर श्रेष्ठको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । कार्यक्रमकाबीच पार्टीका नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उपस्थित रहेको थियो ।