
बर्दिवास। राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न सबैको पहल आवश्यकता रहेको बताउनुभएको छ । यूवाले बढ्दो सवारी दुर्घटना ज्यान गुमाईरहेको भन्दै उहाँले सडक दुर्घटना न्युनिकरण गर्न सबै क्षेत्रको सहकार्य र पहल आवश्यक रहेको बताउनुभएको हो ।
महोत्तरीको बर्दिवासमा आयोजित स्लो ड्राइभ प्रतियोगीतामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बर्दिवासबाट सीमा नाका पुगेर पछिल्लो समय लागुपदार्थ औषधी सेवन गर्न आउने जाने युवाहरु संख्या बढेको र त्यसले सडक दुर्घटना समेत परेर कयौं युवाहरुले अकालमा ज्यान गुमाउनु परेको भन्दै उहाँले सबैको पहलमा बर्दिवासलाई लागुऔषधको ट्रान्जिट प्वाईन्ट बन्नबाट सबैले रोक्नुपर्ने बताउनुभयो । कोही एकजनाले मात्रै गरेर हुदैंन लागुपदार्थ औषधी सेवनकै कारण दैनिक जसो सडक दुर्घटना हुने गरेको र यस क्षेत्रका यूवाहरुको अकालमै ज्यान गुमाउनुपरेको घटनाले बिचलित बनाएको उहाँले बताउनुभयो । तिव्र गतीमा सवारी साधन चलाउने र दुर्घटनाको भागीदार बन्दा बर्दिबासमा नै अप्रीय घटनाहरु बढीरहेको उहाँको भनाइ थियो ।
स्लो ड्राइभ प्रतियोगीतामा बर्दिबास नगरपालिकाका १४ का योगेश महतोले प्रथम, राजु खड्का दोस्रो र आशिष फूयाँलले तेस्रो स्थान हासिल गरेको आयोजकल जनाएको छ । स्लो ड्राइभ प्रतियोगीतामा ७० जना सहभागि रहेको थियो । कार्यक्रममा संकलन भएको बचत रकमबाट बर्दिवासमा केही दिन अघि मोटरसाईकल दुर्घटनामा गम्भिर घाईते भएका बर्दिवास नगरपालिका ३ का सोनु सिंहको उपचारको लागि सहयोग गर्ने बर्दिवास युथ क्लवका अध्यक्ष राजु दोङ्गले बताउनुभयो । घाईते सिंहको काठमाडौंमा उपचार भैरहेको छ भने सिंह संगै मोटरसाईकलमा सवार बर्दिवास नगरपालिका ३ गौरीडाँडा वस्ने वर्ष २६ बर्षीय सुरज तामाङको मृत्यु भएको थियो ।
बर्दिवास युथ क्लवले बिस्तारै चलाउनुस, लामो जीवन जिउनुस भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले तीन बर्ष देखि स्लो ड्राइभ प्रतियोगीता आयोजना गर्दै आएको छ । महोत्तरीमा तीन महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको तीन महिनामा १ सय १६ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तैै सो अवधिमा भएको सवारी दुर्घटनामा १ सय ६६ जना घाइते भएको प्रहरीले जनाएको छ ।


