महोत्तरी- लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका वरिष्ठ नेता शरत सिंह भणडारीले दिपावली- तिहार पर्वको पावन अवसरमा देस, विदेसमा रहेका नेपालीहरुलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मान स्वरुप प्रत्येक नेपालीका घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको र यसले आपसी भाइचारा,आत्मीयता बढाउने विश्वास व्यक्त गरे ।
नेता भणडारीले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनी बीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको समेत बताए ।
तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ उनले तिहार पर्वको शुभकामना व्यक्त गरे ।
उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपाली बीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समृद्ध नेपाल र समुन्नत प्रदेश निर्माण गर्ने तर्फ प्रेरणा मिल्ने समेत लोसपा नेपालका वरिष्ठ नेता भणडारीले विश्वास व्यक्त गरे।
भण्डारीले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।
नेता भण्डारीले वर्तमान परिवेशमा चाडपर्वको समयमा सवैलाई सावधानी अपनाउनका लागि समेत अनुरोध गरेका छन् । भण्डारीले पर्वलाई हामीले अन्धविश्वास र उपभोक्ताबादबाट मुक्त गर्दै सहज, समयानुकूल, आर्थिक रुपमा धान्न सकिने र विज्ञान सम्मत मनाउनुपर्ने धारणा राखेका छन् ।
चाडपर्वले मानवजीवनलाई निराशबाट खुशी र उल्लासमय बनाउन मद्दत गर्दै आएको समयमा हामीले यस्ता साँस्कृतिका धरोहरलाई संरक्षण गर्नुपर्ने आवश्यकताउपर भण्डारीले जोड दिएका छन् ।
उनले संचारकर्मीहरु संग कुराकानी गर्दै भने , ‘ विश्व यतिबेला जलवायु परिवर्तनको महासम्मेलनमा जुटेको छ । जलवायु परिवर्तनले मानवजाति सामू गम्भीर प्रश्न र चुनौती खडा गरेको छ । यसबेला, हाम्रा चाडपर्व मनाउँदा पटाखा जस्ता साधनको प्रयोगले पर्यावरण र मानव स्वास्थ्य तथा अन्य जीवजन्तुमा के कस्तो असर पार्छ भन्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।’उनले कोरोनाको विपत बाट सुरक्षित हुन नसकेका समयमा यसतर्फ विशेषरुपमा ख्याल गर्दै चाड पर्व मनाउनका लागि आग्रह गरे ।
लोसपा नेपालका वरिष्ठ नेता भण्डारीले तिहार, छठ र नेपाल संवतको अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।